नेभिगेशन
समाज

त्रिशूलीका जलविद्युत् आयोजनाका ४९ कर्मचारी तथा कामदार सम्पर्कविहीन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आफ्ना कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई चौबिसै घण्टा निरन्तरता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक सामग्री हवाई माध्यमबाट लैजानुपर्ने चुनौतीका बीच प्राधिकरणले उपलब्ध स्रोतसाधन अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्य गरिरहेको जनाएको छ।

Ncell
Extreme Energy

प्राधिकरणका अनुसार ढुंगा, बालुवा, माटोलगायतका पदार्थ थुप्रिएपछि त्रिशूली नदीको सतह पहिलेको भन्दा निकै बढेको छ। टनेलको मुख्य प्रवेशमार्ग र पावर हाउस क्षेत्रसमेत धेरै पुरिएको अवस्थामा रहेकाले विभिन्न उपकरण प्रयोग गरी केवल टनेलबाट पावर हाउससम्म पुग्ने बाटो बनाउने काम भइरहेको छ।

बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएकाले ब्लास्ट गरी पन्छाउने काम भइरहेको प्राधिकरणले जनाएको छ। केवल टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल र निर्माण गरिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर निकाल्ने काम पनि जारी छ।

सम्बन्धित जलविद्युत् उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनाबाट प्राप्त विवरणअनुसार प्राधिकरणका ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन।

प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षागार्ड सम्पर्कविहीन छन्। २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षागार्ड गरी तीन जना पनि सम्पर्कविहीन छन्।

त्यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत ४२ जना कर्मचारी तथा कामदार, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसनमा कार्यरत एक सुरक्षागार्ड र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

उनीहरूको खोज तथा उद्धार कार्य चौबिसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।