नेभिगेशन
समाज

त्रिशूलीका जलविद्युत् आयोजनाका ४९ कर्मचारी तथा कामदार सम्पर्कविहीन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आफ्ना कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई चौबिसै घण्टा निरन्तरता दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक सामग्री हवाई माध्यमबाट लैजानुपर्ने चुनौतीका बीच प्राधिकरणले उपलब्ध स्रोतसाधन अधिकतम परिचालन गरी खोज तथा उद्धार कार्य गरिरहेको जनाएको छ।

Ncell
Extreme Energy

प्राधिकरणका अनुसार ढुंगा, बालुवा, माटोलगायतका पदार्थ थुप्रिएपछि त्रिशूली नदीको सतह पहिलेको भन्दा निकै बढेको छ। टनेलको मुख्य प्रवेशमार्ग र पावर हाउस क्षेत्रसमेत धेरै पुरिएको अवस्थामा रहेकाले विभिन्न उपकरण प्रयोग गरी केवल टनेलबाट पावर हाउससम्म पुग्ने बाटो बनाउने काम भइरहेको छ।

बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएकाले ब्लास्ट गरी पन्छाउने काम भइरहेको प्राधिकरणले जनाएको छ। केवल टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल र निर्माण गरिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर निकाल्ने काम पनि जारी छ।

सम्बन्धित जलविद्युत् उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनाबाट प्राप्त विवरणअनुसार प्राधिकरणका ४९ कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन।

प्राधिकरणका अनुसार देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक सुरक्षागार्ड सम्पर्कविहीन छन्। २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षागार्ड गरी तीन जना पनि सम्पर्कविहीन छन्।

त्यस्तै, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत ४२ जना कर्मचारी तथा कामदार, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसनमा कार्यरत एक सुरक्षागार्ड र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

उनीहरूको खोज तथा उद्धार कार्य चौबिसै घण्टा जारी रहेको प्राधिकरणले जनाएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।