नेभिगेशन
समाज

भोटेकोशी बाढीको संकट समाधानका लागि बादलका ७ सुझाव

काठमाडौं । नेकपा (एमाले) का संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान संकट समाधानका लागि सरकारले सर्वपक्षीय संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो एकांगी शासनशैलीमा गुणात्मक परिवर्तन गर्दै संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने बताए। सरकारले आफ्ना योजना र कामबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ छ।

Ncell
Extreme Energy

राष्ट्रिय सहमतिबाट मात्रै विद्यमान संकटको सामना गर्न सकिने भन्दै बादलले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए। सामूहिक र संगठित प्रयासबाट मात्रै संकटको सामना गर्न सकिने उनले बताए।

सरकारलाई सचेत गराउन र आवश्यक सहयोग गर्न सभामुखले विशेष संसदीय समिति गठन गर्नुपर्ने उनको सुझाव छ।

अन्तर्राष्ट्रिय सहयोग जुटाउन तथा समन्वय गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल (स्पेसल टास्क फोर्स) गठन गर्नुपर्ने उनले बताए।

त्यस्तै, युद्धस्तरमा राहत तथा उद्धारको काम अघि बढाउन रक्षामन्त्रीको नेतृत्वमा ‘युनिफाइड स्पेसल टास्क फोर्स’ गठन गर्नुपर्ने उनको भनाइ छ।

पुनर्निर्माणको काम अघि बढाउन अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने उनले बताए।

जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउँदै आवश्यक रणनीति तय गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करणलाई सरकारले अघि बढाउनुपर्ने पनि बादलले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।