नेभिगेशन
समाज

भोटेकोशी बाढीको संकट समाधानका लागि बादलका ७ सुझाव

काठमाडौं । नेकपा (एमाले) का संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान संकट समाधानका लागि सरकारले सर्वपक्षीय संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो एकांगी शासनशैलीमा गुणात्मक परिवर्तन गर्दै संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने बताए। सरकारले आफ्ना योजना र कामबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ छ।

Ncell
Extreme Energy

राष्ट्रिय सहमतिबाट मात्रै विद्यमान संकटको सामना गर्न सकिने भन्दै बादलले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए। सामूहिक र संगठित प्रयासबाट मात्रै संकटको सामना गर्न सकिने उनले बताए।

सरकारलाई सचेत गराउन र आवश्यक सहयोग गर्न सभामुखले विशेष संसदीय समिति गठन गर्नुपर्ने उनको सुझाव छ।

अन्तर्राष्ट्रिय सहयोग जुटाउन तथा समन्वय गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल (स्पेसल टास्क फोर्स) गठन गर्नुपर्ने उनले बताए।

त्यस्तै, युद्धस्तरमा राहत तथा उद्धारको काम अघि बढाउन रक्षामन्त्रीको नेतृत्वमा ‘युनिफाइड स्पेसल टास्क फोर्स’ गठन गर्नुपर्ने उनको भनाइ छ।

पुनर्निर्माणको काम अघि बढाउन अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने उनले बताए।

जलवायु परिवर्तनका कारण उत्पन्न संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउँदै आवश्यक रणनीति तय गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करणलाई सरकारले अघि बढाउनुपर्ने पनि बादलले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।