नेभिगेशन
समाज

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

काठमाडौँ । श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा सरकारसँग विभिन्न मुद्दामा  असहमति भए पनि विपद्मा साथ दिन श्रमदाता खटाउने प्रस्ताव गरेका हुन्। उद्धारमा समन्वय नभएकाले पीडित पक्षबाट गुनासो आएको उल्लेख गर्दै उनले आवश्यक उपकरणसहित दक्ष जनशक्ति प्रयोग नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

Ncell
Extreme Energy

'सरकारको आलोचना भोलि गरौँला, पीडितले अझै पर्याप्त राहत पाउन नसकेको गुनासो छ, राहतको ढोका बन्द नगरी खोल्ने समय हो, राहत वितरण पारदर्शी र व्यवस्थित गरौँ, पीडित परिवारलाई प्रियजनको अन्तिम बिदाइ गर्ने अवसर दिइनुपर्छ,' सांसद राईले भने ।

जलवायु कोषलगायत अन्तरराष्ट्रिय कोषबाट सहयोगको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले अर्को हिमबाढी आउनुअघि नेपालले कत्तिको तयारी गर्ने हो त्यो हेर्न बाँकी रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने, संस्थापनले बोलायो कार्यसम्पादन समिति बैठक

इतरपक्षको महाधिवेशन तयारी समितिको आज चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पेश भएको हो ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सिन्धुपाल्चोक र रसुवामा थप वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विभागका अनुसार भू–उपग्रहबाट प्राप्त तस्बिरमा ती जिल्लातर्फ बादलहरू विकसित हुँदै अघि बढिरहेकाले थप वर्षाको सम्भावना छ ।