नेभिगेशन
मुख्य समाचार

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार, ४ हजार २१६ अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका अनुसार राहत तथा उद्धारसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ।

Ncell
Extreme Energy

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाली प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले खोज तथा उद्धार चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी हालसम्म एक हजार २०४ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।

विपद्का समयमा नेपाली सेनाले हवाई उद्धारलाई समेत उच्च प्राथमिकतामा राखेको छ। सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ।

खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ। बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ। निजी क्षेत्रबाट पनि २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरिएको छ।

दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका स्थानमा हवाई माध्यमबाट उद्धार गर्नुका साथै राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।

प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

बाढी प्रभावितका लागि सरकारले खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाउने कामलाई निरन्तरता दिएको छ। राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ।

ठूलो मानवीय तथा भौतिक क्षति भएको र हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप तीव्र पारिएको छ। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी निकाय निरन्तर उद्धार र राहतमा सक्रिय रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।