नेभिगेशन
समाज

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

काठमाडौं । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल विद्युत् प्राधिकरणका अनुसार टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको भग्नावशेष (डेब्रिज) हटाएपछि नेपाली सेना त्यहाँसम्म पुग्न सफल भएको हो । थप अगाडिसम्म पुगेर खोज तथा उद्धार गर्ने प्रयास निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

Ncell
Extreme Energy

बाढीपछि टनेलभित्र जमेको पानी निकास गर्न दिनरात निरन्तर काम गरिएको र पानी निकास गर्न सम्भव भएको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट, सामग्रीको प्राप्ति तथा खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ । एसएमटी बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, खोज तथा उद्धार समितिसँग समन्वय गरी प्राधिकरणका सम्पर्कमा आएका तथा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्ने निर्णय भएको छ । सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीरमर्का र गुनासो सुन्ने तथा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् उत्पादन केन्द्रको पावर हाउस साइटसम्म जाने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीबाट प्राधिकरणका जलविद्युत् आयोजनामा ठूलो क्षति भएको थियो । बाढीपछि प्राधिकरणले खोज तथा उद्धारसँगै विद्युत् आपूर्ति सुचारु गर्न विभिन्न काम अघि बढाएको छ ।

प्राधिकरणले बाढीबाट प्रभावित आयोजनामा भइरहेका खोज तथा उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति सुचारु गर्ने कामका मुख्य प्रगति नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।
रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

रवि लामिछानेसँग सिक्किमका मुख्यमन्त्रीले भने–‘त्यता बाढी जाँदा यता हामी रुन्छौँ’

‘दुखद घडीमा तपाईँहरुलाई धेरै पीर परेको होला । तपाईँहरुलाई आपत् पर्दा हामी रुन्छौँ । सिक्किमलाई आपत् पर्दा तपाईँहरु पनि त्यही हो ।’ मुख्यमन्त्री तामाङले भने, ‘हाम्रो देश अलग...