नेभिगेशन
समाज

कृष्ण जन्माष्टमीमा हिराशोभालाई मिलेको थामिनसक्नुको खुसी

काठमाडौं । आज कृष्ण जन्माष्टमी पर्व । मध्यरात भगवान् कृष्ण जन्मने भन्दै व्रतालु पानीसमेत नखाई व्रत गर्छन् । उपासना गर्छन् । अनुष्ठानसमेत गर्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भगवानभक्त हिराशोभा महर्जन पनि आज कृष्ण नै पुकार्दै थिइन् ।

Ncell
Extreme Energy

नपुकारून् पनि किन ! 

उनका पति कवीर महर्जन १० दिनदेखि त्रिशूली ३ ‘ए’ जलविद्युत परियोजनामा फसेका थिए । भदौ १० गते बाढी मात्रै आएन, भोटेकोशी महाप्रलय हिराशोभाका लागि महाविपत्ति बन्यो । भ्रामरीसरह नै भयो ।

पतिलाई बेखबर तुल्याइदियो ।

कवीर जलविद्युत परियोजनाको पावर हाउसमा काम गर्थे । जमिनभन्दा सुरूङ सुरक्षित हुने ठानेकी शोभाले श्रीमानबारे आशा मारेकी थिइनन् । श्रीमान् सकुशल नै हुनुहुन्छ भनेर आशाको धिपधिपे दियो मनको कुनामा बली नै रहेको थियो ।

तर १० दिनसम्म अवस्था थाहा नलाग्दा मनमा अत्यास बढ्ने नै भयो ।

‘हामी पनि पावर हाउसमा गइसकेका थियौं, ठाउँ ठूलो थियो । त्यसैले आशा मारेनौं । हिलो र लेदो कत्तिको छिरेको छ भन्ने चिन्ता मात्रै थियो,’ उनले भनिन् ।

नभन्दै शुक्रबार बिहान उनका लागि शुभ समाचार मिल्यो । १० दिनपछि उनका श्रीमानको सकुशल उद्धार भयो । पहिलो उद्धार सञ्जय साहको गरिएको थियो । दोस्रो उद्धार उनको श्रीमानको भएको थियो ।

‘सुरूमा त हामीले विश्वास नै गरेनौं । जहिले पनि बिहान भन्नुहुन्छ, दिउँसो राति भन्नुहुन्छ । एक्कासी फोटो देखेँ, अनि रोएँ खुसीले । घरमा रूवाबासी भयो के !’ उनले भनिन् ।

श्रीमानको स्वास्थ्य जटिल रहेको र उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको थाहा पाएपछि उनी आफन्तसहित स्वयम्भू पुगेकी थिइन् । साथमा कवीरका दिदी र अन्य नातेदार थिए । सबैको आँखामा खुसी छचल्किएको थियो । कवीरको एक झल्को हेर्न आतुर थिए ।

सघन उपचार कक्षमा उपचाररत कवीरलाई उनकी पत्नीले मात्रै भेट्न पाइन् ।

सुरूमा त कवीरले उनकी पत्नीलाई नै चिनेनन् । १० दिनसम्म सुरूङभित्र पस्दा शरीर गलेको, हाटखुट्टा चलाउन नसक्ने अवस्थामा थिए उनी ।

‘मलाई नै चिन्नुभएन । मलाई के भएको हो ? म कहाँ छु त्यत्ति बोल्नुभयो,’ हिराशोभाले सुनाइन् ।

‘अहिलेचाहिँ आइसियुमा राख्नुभएको छ । उहाँको सबै रिपोर्ट ठीक छ । खुट्टामा चोट लागेको छ,’ उनले भनिन् ।

केही बेरपछि पत्नीलाई ठम्याएका उनले पानी खान्छु भनेको हिराशोभाले बताइन् ।

‘पानी दिएँ, अहिले ठीक छ । अहिले मलाई चिन्नुभयो,’ उनले भनिन्, ‘टाउको हल्लाउनुभयो । खुट्टा चलाउन सक्नुभएन । खुट्टामा चोट लागेको छ ।’

मिडिया, आफन्त सबैले सहयोग गरेको भन्दै उनी कृतज्ञ थिइन् । नेपाल आर्मीप्रति अझ धेरै कृतज्ञ सुनिइन् ।

‘नेपाल आर्मीले धेरै नै सहयोग गर्नुभयो । आफ्नो ज्यान नै जोखिममा राखेर उद्धार गर्नुभयो,’ उनले भनिन् ।

९ दिन उनका लागि युगभन्दा लामो भयो । दिनरात बिताउन निकै कष्ट भयो ।

‘९ दिन बिताउन निकै गाह्रो भयो । दिउँसो त मिडिया हेर्यो बित्थ्यो। राति बिताउन गाह्रो हुन्थ्यो । निद्रा पनि लाग्दैनथ्यो हामीलाई,’ उनले क्रमशः सुनाइन् ।

१० दिनसम्म कविर नभेटिएकोमा घरमा रूवाबासी थियो । आफन्तको आउजाउ बाक्लिएको थियो । सान्त्वना र ढाडसले घर ढाकेको थियो ।

आज दृश्य फेरिएको छ । 

रुवाबासी त आज पनि छ, तर खुसीको । 

‘आज कृष्ण जन्माष्टमी, कृष्ण भगवानले बचाउनुभएजस्तो भएको छ, धन्यवाद सबैलाई,’ उनले अन्तिममा यति भन्न सकिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

भोटेकोशी बाढी : मृतकको संख्या १,२९५ पुग्यो

आज दिउँसो २ बजेसम्म १,२९५ शव संकलन भएको प्रहरीले जनाएको छ ।
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।