नेभिगेशन
समाज

जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी

जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

Extreme Energy

यसअघि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोडधोइबाट देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका अतिक्रमित संरचना हटाइएको थियो ।सोहीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा समेत अनधिकृत रूपमा निर्माण गरिएका संरचना र गरिएको भोगचलन हटाउने प्रक्रिया अघि बढाइएको गुठी संस्थानले जनाएको छ ।

गुठी संस्थानका अनुसार देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीको डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन गर्दै आएको पाइएको छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल र २०६२ सालको प्रतिवेदन कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउन सूचना जारी गरिएको संस्थानले जनाएको छ।

जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएका बेला गुठी संस्थानले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

अर्नब चक्रवातको प्रहार, भारतमा ८९ हजार विस्थापित

राज्यको विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख प्रखर जैनका अनुसार तटमा प्रवेश गर्नुअघि चक्रवात केही कमजोर भए पनि हावाको अधिकतम गति प्रतिघण्टा १८५ किलोमिटरसम्म पुगेको थियो । यसले आन्ध्र प्रदेशका...
दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो ।
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...