नेभिगेशन
सबै कुरा

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलद्वारा अनुगमन तथा सुझाव सङ्कलन

१५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी नेतृत्वको कार्यदलले आज विमानस्थल क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो । 

Ncell
Extreme Energy

अनुगमन पछिको बैठकमा अर्थ, गृह र पर्यटन मन्त्रालयका प्रतिनिधि, चारै वटा सुरक्षा निकायका प्रतिनिधिहरु तथा भन्सार, अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए । बैठकमा अध्यागमन, भन्सार कार्यालय तथा प्राधिकरणबाट विमानस्थल सुरक्षाको हालको अवस्था र सुधारका विषयमा प्रस्तुतिकरण भएको थियो । 

गत भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थल सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा  विमानस्थलको सुरक्षा सुधार गर्ने बताइएको थियो । 

सोही बैठकको निष्कर्षका आधारमा सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले आज कार्यदलबाट विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको बताए । कार्यदललाई प्रतिवेदन बुझाउने १५ दिनको कार्यादेश दिएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विमानस्थलको सुरक्षामा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने छ । 

विमानस्थलबाट ठूलो परिमाणमा सुनसहित लागूऔषत तस्करी भइरहेको छ । त्यसमा भन्सारका कर्मचारी संलग्न रहेको फेला परेको छ भने चिनियाँ भारतीय नागरिकसहित नेपालीहरूले सङ्गठितरुपमा सामान तस्करी गरिरहेको पाइएपछि सरकारले विमानस्थल सुरक्षा सुरधारका लागि सुझाव दिन कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...