नेभिगेशन
समाज

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए । 

Marvel
Extreme Energy

प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उनले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताए । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनकोे भनाइ छ ।

‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन् । देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ । एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’ उनले भने । 

उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरे । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी दिए । 

सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अङ्गका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएको प्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्न तर धम्कीको शासन नचलाउन सुझाव दिए । सरकार संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ‘वाच डग’ को रूपमा खबरदारी जारी राख्नुपर्ने उनकोे भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।
अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

अदालतमा नरेश भट्टले भने, ममतासँग सम्बन्ध बिग्रँदै गएको थियो

पत्नीको हत्या गरेर शव क्षतविपत पारेर लुकाएको अभियोगमा मुद्दा खेपिरहेका नेपाली मुलका अमेरिकी नागरिक नरेश भट्टले अदालतमा बयान दिएका छन् ।
अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

अमेरिकाले चुन्यो पहिलो मुस्लिम सिनेटर, ओबामाको समर्थन पाएका अब्दुल अल-सयदले बनाए इतिहास

डेमोक्रेट उम्मेदवार अब्दुल अल-सयदले मिसिगनको अमेरिकी सिनेट दौडमा ऐतिहासिक जित दर्ता गराउँदै सिनेट (अमेरिकी संसदको माथिल्लो सदन) मा निर्वाचित हुने पहिलो मुस्लिम बनेका छन् ।
अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मिडटर्म चुनावमा ठूलो हारपछि ट्रम्पले के भने ?

अमेरिकी मध्यकालीन चुनावमा सत्तारुढ रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।