नेभिगेशन
समाज

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ  । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन् । यस दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश जजमानको घरमा पुर्‍याइन्छ । यसरी घरमा राखिएको कुशले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिनमात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

Ncell
Extreme Energy

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।

पितृसम्मान दिवस

कुशेऔँशीलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ । यस अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् । बाबु नहुनेहरूले विभिन्न पवित्र तीर्थस्थलमा गई दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने चलन छ ।

यस दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । त्यसैले यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्ने गर्छ ।

मेलाका लागि सबै तयारी पूरा गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए।

यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ । त्यहाँ दिवङ्गत बाबुको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न श्रद्धालु पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण वेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित नभएको जनाइएको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक आफूलाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिए सुख प्राप्त हुने विश्वास गरिन्छ । बाबु परलोक भइसकेकाले गोकर्ण वा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरे पुण्य प्राप्त हुनुका साथै कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

कुशेऔँशीमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास रहेकाले यस पर्वलाई पुण्य पर्वका रूपमा लिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...