नेभिगेशन
नेताका कुरा
एमाले पुनर्गठन बहस

पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

काठमाडौँ । लामो रस्साकस्सी र प्रतीक्षापछि नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सुरुमै कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै थापाले भनेका थिए– ‘एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट ।’

Ncell
Extreme Energy

खासमा कार्यदलको प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिइएको थियो । जिम्मेवारी अनुसार पोखरेलले प्रतिवेदन तयार पनि पारे । तर, उनको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई चित्त बुझेन ।

आफूलाई चित्त नबुझेपछि ओलीले अर्को प्रतिवेदन तयार पार्न उपाध्यक्ष थापालाई निर्देशन दिए ।

ओलीको हरेक निर्णयमा सहमति जनाउँदै आइरहेका उपाध्यक्ष एवम् कार्यदलका संयोजक थापाले यसमा पनि सहमति जनाइहाले र छुट्टै प्रतिवेदन लेखे । र, आज उनले कार्यदलको बैठकमा पेश गरे । 

थापा र पोखरेलका तर्फबाट पेश भएका दुवै प्रतिवेदनमाथि कार्यदलमा सामान्य छलफल भयो । तर, छलफलले गति लिन सकेन । 

कार्यदलमा रहेका एक नेताका अनुसार, अधिकांशको सुझाव दुवै प्रतिवेदनलाई समेटेर एउटै बनाउनुपर्ने रह्यो । त्यसपछि नेताहरुले उपाय निकाले– भोलि साँझदेखि आवासीय बैठक बस्ने र दुवै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन बनाउने ।

आजको सहमतिअनुसार, भोलि साँझ पुनः कार्यदलको बैठक बस्नेछ । नेताहरुका अनुसार, महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्वकै पुनर्गठन गर्नुपर्ने सुझाव दिइएको छ भने उपाध्यक्ष थापाको प्रतिवेदनमा पुनर्गठनको मुद्दा असान्दर्भिक र बेमौसमी राग भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै