नेभिगेशन
नेताका कुरा
एमाले पुनर्गठन बहस

पहिले एउटा प्रतिवेदनलाई दुइटा बनाइयो, अब फेरि एउटै बनाउने

काठमाडौँ । लामो रस्साकस्सी र प्रतीक्षापछि नेकपा (एमाले)को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सुरुमै कार्यदलका संयोजक रामबहादुर थापाले दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै थापाले भनेका थिए– ‘एउटा महासचिवको तर्फबाट र अर्को मेरो तर्फबाट ।’

Extreme Energy

खासमा कार्यदलको प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिइएको थियो । जिम्मेवारी अनुसार पोखरेलले प्रतिवेदन तयार पनि पारे । तर, उनको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई चित्त बुझेन ।

आफूलाई चित्त नबुझेपछि ओलीले अर्को प्रतिवेदन तयार पार्न उपाध्यक्ष थापालाई निर्देशन दिए ।

ओलीको हरेक निर्णयमा सहमति जनाउँदै आइरहेका उपाध्यक्ष एवम् कार्यदलका संयोजक थापाले यसमा पनि सहमति जनाइहाले र छुट्टै प्रतिवेदन लेखे । र, आज उनले कार्यदलको बैठकमा पेश गरे । 

थापा र पोखरेलका तर्फबाट पेश भएका दुवै प्रतिवेदनमाथि कार्यदलमा सामान्य छलफल भयो । तर, छलफलले गति लिन सकेन । 

कार्यदलमा रहेका एक नेताका अनुसार, अधिकांशको सुझाव दुवै प्रतिवेदनलाई समेटेर एउटै बनाउनुपर्ने रह्यो । त्यसपछि नेताहरुले उपाय निकाले– भोलि साँझदेखि आवासीय बैठक बस्ने र दुवै प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन बनाउने ।

आजको सहमतिअनुसार, भोलि साँझ पुनः कार्यदलको बैठक बस्नेछ । नेताहरुका अनुसार, महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा नेतृत्वकै पुनर्गठन गर्नुपर्ने सुझाव दिइएको छ भने उपाध्यक्ष थापाको प्रतिवेदनमा पुनर्गठनको मुद्दा असान्दर्भिक र बेमौसमी राग भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

दशैँ बोनस नदिने अस्पताललाई श्रम मन्त्रालयले गर्‍यो कारवाही !

सरकारले दशैँ बोनस नदिने अस्पताललाई कारवाही गर्दै जवाफदेही बनाएको छ । बोनस नदिएको गुनासोपछि युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई जवाफदेही बनाउँदै बोनस दिलाएको हो ।
'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

'अर्नब' चक्रवातको असर : उच्च हिमाली क्षेत्र नजान पर्यटन विभागको अपिल

पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई...
राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।

भर्खरै