नेभिगेशन
क्रिकेट

आज नेपाल र युएई भिड्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ ।

Ncell
Extreme Energy

दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् ।  नेपालले ११ र युएईले आठ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ ।

नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेको थियो । त्यसअन्तर्गतका  दुवै खेलमा नेपाल विजयी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

शभर साधारणतया बदली रहनेछ।
बाँदर–बँदेल रोक्न दिनमा यसरी राखियो हेरालु

बाँदर–बँदेल रोक्न दिनमा यसरी राखियो हेरालु

दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे।
कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

कहिलेसम्म कृष्णभीरको पीर ? भदौ मसान्तसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कसरी भइरहेको छ काम ?

दुई दशकअघि बनेको चलचित्र ‘इन्द्रेणी’को यो गीतले एउटा पहिरोलाई यति गहिरोसँग सम्झायो कि कृष्णभीर आफै पहिरोको पर्यायजस्तै बन्यो।  साठीको दशकमा कृष्णभीरको कहर बताउने यस्ता थुप्रै गीत बनेका छन्...
भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि चार हिमतालको पानी घटाउने तयारीमा सरकार, दुई अर्ब लाग्ने

भोटेकोशी बाढीपछि सरकारले जोखिममा रहेका चार हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्रोतका अनुसार मनाङको ठुलागी, सङ्खुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्बिङ...