नेभिगेशन
समाज

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भक्तपुरका सञ्चारकर्मीहरूसँग सूर्यविनायकमा छलफलका क्रममा उनले घरबास गुमाएकाहरूको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यवस्था गर्ने बताए ।

Marvel
Extreme Energy

उनले भने, 'रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले बागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।'

उनले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउँदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताए । 

मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताउँदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताए । 

मुख्यमन्त्री थापाले भने, 'भोटेकोशीमा गएको बाढीका प्रभावितलाई उद्योग वाणिज्य महासङ्घ तथा उद्योगीहरूसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका छौँ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको छौँ । त्यसैगरी प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका र्छौं ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...