नेभिगेशन
समाज

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका वाग्मती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो । त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ । 
 
पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । 

Ncell
Extreme Energy

आगलागीका कारण शनिबार बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो छुटेको थियो । शुक्रबार रातिको घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय एवम् मन्दिर क्षेत्रमा अनधिकृत रुपमा बसोबास गर्न नदिइने पनि उनले बताए ।

पशुपति क्षेत्रलाई सफा, स्वच्छ राखी नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)को तयारीका लागि सहयोग गर्न आज पशुपति क्षेत्रमा विशेष सफाइ गरिएको हो । स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ भन्ने नाराका साथ सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए । 

साउनको महिनाको तयारीका लागि असारको अन्ति शनिबारदेखि कोषले पशुपति क्षेत्रमा सुरु गरेको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान जारी राखिएको छ । पशुपति क्षेत्रमा नवौँ हप्ताको सफाइ गरिएको हो ।

तीजका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । भक्तजनका लागि लाइन व्यवस्थापन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको  छ ।
तीज आजदेखि सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि सुरु, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...

भर्खरै