नेभिगेशन
समाज

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सिधाकुरासँग कुरा गर्दै मन्त्री श्रेष्ठले यसबारे विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । 

Ncell
Extreme Energy

‘जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि आवश्यक निर्णय लिनेछौं,’ उनले भने । 

मन्त्री श्रेष्ठले जोखिमपूर्ण अवस्थामा रहेका विभिन्न हिमतालहरूबारे विस्तृतमा अध्ययन भइरहेको बताए। ‘छलफलमा धेरै तालहरूको नाम विज्ञहरूबाट आएको छ । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं,’ उनले भने ।  

मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।