नेभिगेशन
समाज

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरडीएनए) प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन्। ती भवनका १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण क्षति पुगेको छ।

Ncell
Extreme Energy

प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ भवनमा क्षति पुगेको छ। ती विद्यालयका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यहाँ १२ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा धेरै नौ विद्यालय प्रभावित भएका छन्। ती विद्यालयका ३२ भवनमा क्षति पुगेको छ। ६१ कोठामा आंशिक र ८९ कोठामा पूर्ण क्षति पुगेको छ। विदुरमा मात्रै ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयमा क्षति पुगेको छ। त्यहाँका १० भवनका ७७ कोठामा आंशिक र आठ कोठामा पूर्ण क्षति भएको छ। गल्छीमा १० करोड ६१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उक्त विद्यालयमा चार करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ। त्यहाँ एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

विद्यालयका भवनबाहेक शैक्षिक सामग्री तथा अन्य शैक्षिक सम्पत्तिमा २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनले बाढीबाट प्रभावित विद्यालय क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि चार अर्ब २३ करोड ३५ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

बाणगङ्गा नदीमा फसेका १२ जनाको यसरी भयो उद्धार

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति आएको अचानक बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।