नेभिगेशन
समाज

एमाले कार्यदल बल्थलीमा बसेर छलफल गर्दैछ- ओलीलाई पदमा राखिरहने कि हटाउने?

काठमाडौं। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गरिहेको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित बल्थली रिसोर्टमा बसेर कार्यदलले छलफल गरिरहेको हो। त्यहाँ एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पेस गर्नेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई महिनापछि कार्यदलको बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो।

Ncell
Extreme Energy

प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए। उनले एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै दस्तावेज प्रस्तुत गरेका थिए।

छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने धारणा आएको थियो। दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन तयार गर्ने सहमति भएको छ।

शुक्रबार प्रस्तुत भएका दुवै दस्तावेजको अध्ययन गरेपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको आचार्यले बताए।

एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव पेस गर्न कार्यदल गठन गरेको थियो। कार्यदललाई एक महिनाको समय दिइएको भए पनि चार महिना बित्न लाग्दा पनि विषयको किनारा लाग्न सकेको छैन।

कार्यदलले १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव मागेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ ।
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकोप्टरमार्फत उद्धार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकोप्टरमार्फत उद्धार

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।