नेभिगेशन
मुख्य समाचार

सेनापति सिग्देल चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल एक साता लामो चीन भ्रमणमा निस्केका छन् । उनी आज बेइजिङतर्फ प्रस्थान गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३–१९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।

सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे ।

प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले नै कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

General-Pradip-jung-KC-1789284808.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

सरकारले आपत् वा सङ्कटमा मात्र यो सडक सम्झिन्छ ।
एमाले कार्यदल बल्थलीमा बसेर छलफल गर्दैछ- ओलीलाई पदमा राखिरहने कि हटाउने?

एमाले कार्यदल बल्थलीमा बसेर छलफल गर्दैछ- ओलीलाई पदमा राखिरहने कि हटाउने?

नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा बसेर थप छलफल गरिहेको छ।
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकोप्टरमार्फत उद्धार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकोप्टरमार्फत उद्धार

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका सुन्दर खड्का मगर र सानीभेरी–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...