नेभिगेशन
समाज
पशुपतिनाथ मन्दिरमा तीज मेलाको तयारी

भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

काठमाडौँ । सनातन हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न सकिने जनाएको हो । बिहान मन्दिर खुलेदेखि नै पूर्व, उत्तर र दक्षिण ढोकामा पारदर्शी जाली राखी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जारी गरेको  विज्ञप्तिमा जनाइएको छ । 

Marvel
Extreme Energy

दर्शनार्थीहरुका लागि चार वटा रुट तय गरिएको छ । मित्रपार्क, उमाकुण्डतर्फबाट जाने दर्शनार्थीहरु बासुकीनागको उत्तरतर्फको ढोकाबाट, गौशाला–जयबागेश्वरीतर्फबाट जाने दर्शनार्थीहरु जयबागेश्वरीबाट देब्रेतर्फको बाटोबाट १ नम्बर गेट अगाडि राखिएको अस्थायी आकाशेपुल हुँदै, सिनामंगलतर्फबाट जाने दर्शनार्थीहरु तीलगंगा पर्यटन काउण्टरसँगै रहेको गेट, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुल पार गरी पूर्व मुहार र पिंगलास्थानतर्फबाट जाने दर्शनार्थीहरु पिंगलास्थानको ढोका हुँदै दक्षिण मुहारको दर्शन गरी फर्किने व्यवस्था गरिएको छ ।

मन्दिर बाहिर पाँच वटा लाइन र मन्दिर प्रवेश गरेपछि ८ वटा लाइनमा विभाजन गरी दर्शन गराइने पनि कोषले जनाएको छ । 

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरको प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिने छ भने दुई दिन अगाडिदेखि नै मन्दिर आसपासका क्षेत्रमा मासु तथा मदिरा निषेध गरिएको छ । 

वृद्ध, अशक्त, शारीरिक अपांगता भएका र स–साना बालबालिका भएका दर्शनार्थीलाई प्राथमिकता पूर्व सहज दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ । 

भोलि विशिष्ट व्यक्तिहरुका लागि कोषको कार्यालय परिसरमा सवारी पार्किङको व्यवस्था गरिएको र अन्यका लागि भण्डारखाल, सिफलचौर, वनकाली पार्किङ र तीलगंगा आँखा अस्पताल अगाडिको खाली स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । उमाकुण्ड पार्किङ क्षत्रे भने भोलि बन्द गरिने कोषले जनाएको छ । 

सार्वजनिक सडकको रुट भने ट्राफिक प्रहरीले तय गर्ने छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

१८ करोड अडियो प्रकरणले कांग्रेसमा हलचल, आईजीपी प्रकरणमा पनि बोल्यो

नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ।
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...