नेभिगेशन
समाज

भोटेकोशीको बाढीले काटेको महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तीव्र

धादिङ । रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि क्षतिग्रस्त बनेको गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत महादेव फाँट–छबिसे सडकको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र पारिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भाद्र १० गते आएको बाढीका कारण त्रिशूली नदीमा आएको ठूलो बहावले सडकको तल्लो भाग कटान गरेपछि महादेव फाँट–छबिसे क्षेत्रमा सडकको संरचना कमजोर बनेको थियो। नदीको निरन्तर कटानका कारण सडकको केही भाग भासिएपछि उक्त सडकखण्डबाट नियमित यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको छ।

Ncell
Extreme Energy

सडक अवरुद्ध भएपछि निर्माण तथा प्राविधिक टोलीले क्षतिग्रस्त भागको स्थलगत निरीक्षण गरी तत्काल सडक सञ्चालनमा ल्याउने उद्देश्यले काम अघि बढाएका छन्। नदीतर्फबाट थप कटान हुन नदिन सडकको आधार मजबुत बनाउने, क्षतिग्रस्त भाग पुर्ने तथा वैकल्पिक संरचना निर्माण गर्ने काम भइरहेको छ।

बाढीपछि सडकको मुख्य भाग अवरुद्ध भए पनि वैकल्पिक सडकको प्रयोग गरी गल्छीबाट देवीघाटसम्म भने आवतजावत गर्न सकिने अवस्था रहेको छ। तर, मुख्य सडक बन्द हुँदा लामो दूरीका यात्रु, स्थानीय बासिन्दा तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।

रसुवामा आएको बाढीले त्रिशूली नदी आसपासका सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएपछि गल्छी–रसुवागढी सडकखण्डको विभिन्न स्थानमा यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ। विशेषगरी नदी कटान भएका क्षेत्रमा सडकको पुरानो संरचना जोगाउन कठिन भएपछि वैकल्पिक मार्ग तथा अस्थायी संरचनामार्फत यातायात व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।

चीनसँगको उत्तरी नाका रसुवागढी जोड्ने महत्वपूर्ण मार्ग भएकाले यस सडकको अवरोधले स्थानीय आवागमनसँगै व्यापारिक तथा मालवाहक यातायातमा समेत प्रत्यक्ष असर पारेको छ। सडक अवरुद्ध हुँदा रसुवातर्फ जाने यात्रु तथा सामान ढुवानी गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

निर्माण पक्षले नदीको बहाव, मौसम तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै क्षतिग्रस्त सडकखण्डलाई सकेसम्म छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने र त्यसपछि दीर्घकालीन रूपमा सुरक्षित सडक संरचना निर्माण गर्ने तयारी गरेको जनाएको छ। (नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

सनातन हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ ।
सुन जस्तो धातु देखाई डेढ करोड ठगी

सुन जस्तो धातु देखाई डेढ करोड ठगी

न जस्तो देखिने पहेँलो धातु देखाई करिव डेढ करोड ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन रेकर्ड

नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।