नेभिगेशन
समाज

नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म प्रगति सम्भव छैन : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकको समग्र विकास, निर्माण र सिर्जनशीलताका लागि शान्ति सुरक्षा पहिलो आधारभूत पूर्वसर्त भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भई पुनर्निर्माण तथा प्रबलीकरण गरिएको प्रहरी वृत्त गौशालाको भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले नागरिकमा सुरक्षाको प्रत्याभूति नभएसम्म कुनै पनि क्षेत्रमा प्रगति सम्भव नहुने बताए।

Ncell
Extreme Energy

उनले पशुपतिनाथ क्षेत्रमा पुनर्निर्मित यस भवनले नेपाल प्रहरीको दृढता, पुनरुत्थानको क्षमता र नागरिकप्रतिको सेवाभावलाई झल्काएको उल्लेख गरे। भौतिक संरचनासँगै प्रहरी कर्मचारीहरूको सोच, आचरण र सेवाभाव अझ मानवीय र जनमैत्री हुनुपर्ने उनको भनाइ छ।

महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त ४ सय ५९ वटा संरचनामध्ये हालसम्म ४ सय ५२ वटा भवनको पुनर्निर्माण तथा प्रबलीकरण भइसकेको जानकारी दिए। नागरिक र स्थानीय तहको अपनत्वकै कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्भव भएको उनले बताए।

त्यस्तै, समाजमा तोडफोड र आगजनी गर्ने नकारात्मक प्रवृत्तिलाई रोक्नुका साथै त्यस्ता हातलाई सिर्जनशीलता र समाज निर्माणको दिशामा डोर्‍याउनु सुरक्षा संयन्त्रको दायित्व रहेको उनले बताए।

भौतिक संरचना भत्काएर पुनः निर्माणमा स्रोत खर्चिनुपर्ने अवस्था आउन नदिन सबैमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने चेतना जाग्नुपर्ने उनले उल्लेख गरे।

महानिरीक्षक कार्कीले नयाँ प्रविधि, आधुनिक उपकरण र नागरिक विश्वासका साथ कार्यसम्पादन गर्न प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिए।अ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको १८ किमि निर्माण सम्पन्न

४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।
भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने, अरु के के छ व्यवस्था ?

सनातन हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज)को अवसरमा भोलि बिहान ३ बजे नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिने भएको छ ।