नेभिगेशन
समाज

च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

गडराय छान्ना (बझाङ) । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताएका थिए। तर, उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

Ncell
Extreme Energy

जङ्गलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी सुरु गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ।

खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवार थप चिन्तित बनेको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजीकार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका काका फिट्टु खड्काले बताए।

परिवारले बेपत्ता खड्काको खोजीकार्य तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ।

परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा यही भदौ ३० गते मङ्गलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको कति पुग्यो संख्या ?

भोटेकोशी बाढीमा मृत्यु हुनेको कति पुग्यो संख्या ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्।
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

सोमबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।