नेभिगेशन
सबै कुरा
जनतासँग माओवादी अभियान

माओवादी फेरि बलियो शक्ति बन्नेछ : प्रचण्ड

१६ भदौ, काठमाडौं- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को औपचारिक सुरुवात भएको छ । शनिबार बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअलमार्फत एकसाथ ब्यानर खोलेर अभियानको उद्घाटन गरेका हुन् । माओवादीको रुपान्तरण अभियान देशभर सबै वडामा एकसाथ चल्ने बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अभियानको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेका कारण विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्नेमा दाबी गरे ।  ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियान विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने ।

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको बताए । सरकारले गरेका काम र यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्ने उनको दाबी छ । 

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष छानबिनको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर छ ।  ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ’, अध्यक्ष प्रचण्डले भने । 

कार्यक्रमको उद्धाटन गर्दै उनले सरकारलाई काम गर्न नदिन विभिन्न कोणबाट अवरोध सिर्जना भएको र लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिन षड्यन्त्र भइरहेकाले यो अभियानले त्यसलाई चिर्नुपर्ने बताए । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन समेत आग्रह गरे ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।