नेभिगेशन
समाज

खोलामा पुल बन्यो तर छैन जाने बाटो

दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन बनेको छ ।  विसं २०७५ वैशाख २ गते मालिकालिर्जुन गाउँपालिका र उपभोक्ता समितिबीच पुल निर्माण गर्न सहकार्य भएको थियो । ७७ दशमलव ४० मिटर लम्बाइ र १०६ सेन्टिमिटर चौडाइ रहेको झोलुङ्गे पुलको कुल लागत ३८ लाख ६५ हजार २०८ रुपैयाँ  निर्माण भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुलको प्राविधिक सहयोग गर्ने संस्था समाज कल्याण समाजका ओभरसियर हरिश ठगुन्नाका अनुसार पुल बनेको सातवर्ष पूरा भएको छ ।  आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न गरिएको झोलुङ्गे पुलको पारवाहन क्षमता समेत नगरी पास गरिएको छ । पुल निर्माण गर्दा खेतमा परेपछि जग्गा धनीले खेतको मुआब्जा लिएको स्थानीयले बताएका छन् । तर त्यसभन्दा तल अर्काको जमिन परेपछि मुलबाटोसम्म पुग्न बाटो नहुँदा पुल प्रयोगविहीन बनेको हो ।

Ncell
Extreme Energy

अघिल्लो आवमा पुलसम्म जाने घोरेटोबाटो निर्माणका लागि वडा पालिकाबाट रु ५० हजार बजेट विनियोजन गरेका हौँ, तर जग्गाधनीले खेतबाट बाटो दिएनन् मालिकार्जुन गाउँपालिका–४ का कार्यवाहक वडाध्यक्ष इन्द्रसिंह धामीले भने । 

झोलुङ्गे पुल निर्माण भए पनि प्रयोगमा नआउँदा त्यस क्षेत्रका स्थानीयले वडा कार्यालय र स्थानीय सरकारलाई पुल सञ्चालनका बारेमा मौखिक र लिखित रुपमा आग्रह गरे पनि समस्या पहिलाको जस्तै रहेको स्थानीयले बताएका छन् ।

हुनैनाथ मावि चन्दनपुर, मालिकार्जुन गाउँपालिका–४ को कार्यालय, स्वास्थ्यचौकी आवतजावत गर्ने सेवाग्राहीले बर्खाका समयमा समस्या झेल्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

इमरान खानको पार्टीलाई रोक्न पाकिस्तान सरकारको अर्को कदम

पाकिस्तान सरकारले बिग्रँदो सुरक्षा अवस्था र पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले इस्लामाबादमा गर्न लागेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै पिटिआई नेतृत्वको खैबर पख्तुनख्वा प्रान्तमा आपतकाल लगाउने विषयमा गम्भीर छलफल गरिरहेको...
'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गर्ने महिला मन्त्री सिता बादीको घोषणा

'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गर्ने महिला मन्त्री सिता बादीको घोषणा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा...
जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सको नियमित अनुगमन गर्न ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लाइसेन्स लिएका जलविद्युत आयोजनाहरुको कामको नियमित अनुगमन गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।
पहिरोमा परी बेपत्ता महिलाको शव फेला, मृतकको संख्या १३ पुग्यो

पहिरोमा परी बेपत्ता महिलाको शव फेला, मृतकको संख्या १३ पुग्यो

यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।