नेभिगेशन
सबै कुरा
नागरिकता किर्ते प्रकरण :

वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै मसाल जुलुस

वीरगंज । हुँदै नभएको छोरीलाई नागरिकता दिलाएर किर्ते गरेको भन्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मसाल जुलुस निकालेकोे छ । सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित  सचेत नागरिक समाज वीरगंजले मसाल जुलुस निकालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ । वीरगंजको लाठगल्लीबाट निकालिएको जुलुसलाई घण्टाघर, माईस्थान लगायतको चोकमा प्रहरीले हस्तक्षेप गरेको थियो । ।

Ncell
Extreme Energy


सचेत नागरिक समाज वीरगंजले राष्ट्रयता माथि खेलवाड गरी हुँदै नभएको छोरीलाई नागरिकता दिने मेयरविरुद्ध चरणबद्ध रुपमा नगर परिक्रमा, विरोध प्रदर्शन, सिठी जुलुस लगायत प्रदर्शन गर्दै आएको छ । शुक्रबारको जुलुसमा वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, वडा नम्बर २० का वडा अध्यक्ष तथा ऐमाले नेता रामकिशोर सिंह पराग, जनमत पार्टीका नेता मुकेश द्विवेदी, शशिकपुर मिया, पुर्व कृषिमन्त्री करिमा बेगम, नगमा बेगम एमालेका नेता लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, नेविसंघका सभापति रमेश यादव लगायत स्थानीयवासी सहभागी थिए । 


यता किर्ते नागरिकता छानविन नगर्नका लागि दबाब दिन मेयर सिंहको निर्देशनमा बिहिबार उनका समर्थक वडा अध्यक्ष र महानगरका शिक्षकहरुले शक्ति प्रदर्शन गरेका थिए । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी १६ जनाले जाहेरी दिइसकेका छन । किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको प्रदर्शनकारीहरुको आरोप छ । 

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

भर्खरै