नेभिगेशन
कर्पाोरेट

नेपाली क्रिकेटका स्टारसँग एक्सट्रीमको "पावरफुल" साझेदारी, राष्ट्रिय टोलीका ९ खेलाडी बने "टिम एक्सट्रीम" का सदस्य

काठमाडौँ । नेपाली क्रिकेटका ९ चर्चित खेलाडी एक्सट्रीम इनर्जी ड्रिङ्कसँग आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिङ्कले राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीलाई आफ्नो ‘टिम एक्सट्रीम’ को सदस्यका रूपमा आबद्ध गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिङ्क र राष्ट्रिय क्रिकेट टोलीका खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।

Ncell
Extreme Energy

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’ का सदस्यका रूपमा आबद्ध भएका छन्।

सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिङ्कको लोगो रहनेछ। साथै, एक्सट्रीम इनर्जी ड्रिङ्कले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा यी खेलाडीहरूको सहभागिता रहनेछ।

नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामाथि उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

नेपाली क्रिकेटको विकास र खेलाडीलाई प्रोत्साहन गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो सहकार्य महत्वपूर्ण हुने एक्सट्रीम इनर्जी ड्रिङ्कको भनाइ छ।

यसैबीच, एक्सट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) का सातै टोलीलाई समेटेर आफ्नो विशेष संस्करणको क्यान सार्वजनिक गरेको छ। कम्पनीले एनपीएलका सातै टोलीलाई समेटेर तयार पारिएको उक्त विशेष संस्करणको क्यान सार्वजनिक कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।

एनपीएलका सम्बन्धित टोलीको पहिचान तथा क्रिकेटप्रति समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानमार्फत खेलाडी र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको विश्वास छ।

कम्पनीले विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्सट्रीमको उपस्थितिलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

एक्सट्रीम इनर्जी ड्रिङ्कले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ ।