नेभिगेशन
सबै कुरा

प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: यही हो रामराज्य ?

काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार गतिहीन भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै बाँस्कोटाले नगरकोट सडक बनाउन नसक्ने, किसानलाई दूधको पैसा दिन भन्दै इतिहासमै नालायक र गतिहीन सरकार भएको आरोप लगाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 'सभामुख महोदय नबोले पनि हुन्थ्यो । बोल्नु किन पर्यो भने, मन्त्री जीहरु यहाँ छेउछाउ आएर बस्नु हुन्छ सुन्नुहुन्छ कि भनेर मैले सोध्नु पर्ने भयो । प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानु भयो र आफ्नो चालकलाई सोध्नु भयो यो बाटो यस्तो होला भनेर मैले सोचेको थिएन ,धन्न हाम्रो देशको प्रधानमन्त्री ,'उनले थपे, 'अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानु भयो  । मैले पटक-पटक कुरा उठाएँ जानु भयो ? भौतिक पूर्वाधार मन्त्रीलाई चार पटक भने तर आज बाटो बन्दैन किन ? काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउँछन् ? सरकारलाई प्रश्न सोध्न चाहन्छु । प्रधानमन्त्रीको भनाई छ रामराज्य आइसक्यो । ? यही हो राम राज्य ? '

Extreme Energy

पूर्वमन्त्री बाँस्काेटाले यो भन्दा गतिहीन,नालायक र जवाफदेहिता विहीन सरकार इतिहासमा कहिल्यै नभएकाे  आरोप लगाए ।  उनले सरकारकाे कान  र आँखा  दुवै नभएकाे पनि भने ।  उनले भने, 'कहिले सुन्छ सरकारले ? शून्य समयको के भ्यालु, सुन्या छ कि छैन, सुन्या भए...."

(यसअघि माथिकाे समाचारमा भुलबस अर्काे फाेटाे प्रयाेग भएकाेमा त्यसलाई सच्याइएकाे छ -सम्पादक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै