नेभिगेशन
सबै कुरा

प्रचण्डलाई गोकुल बाँस्कोटाको प्रश्न: यही हो रामराज्य ?

काठमाडाैँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार गतिहीन भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै बाँस्कोटाले नगरकोट सडक बनाउन नसक्ने, किसानलाई दूधको पैसा दिन भन्दै इतिहासमै नालायक र गतिहीन सरकार भएको आरोप लगाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 'सभामुख महोदय नबोले पनि हुन्थ्यो । बोल्नु किन पर्यो भने, मन्त्री जीहरु यहाँ छेउछाउ आएर बस्नु हुन्छ सुन्नुहुन्छ कि भनेर मैले सोध्नु पर्ने भयो । प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानु भयो र आफ्नो चालकलाई सोध्नु भयो यो बाटो यस्तो होला भनेर मैले सोचेको थिएन ,धन्न हाम्रो देशको प्रधानमन्त्री ,'उनले थपे, 'अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानु भयो  । मैले पटक-पटक कुरा उठाएँ जानु भयो ? भौतिक पूर्वाधार मन्त्रीलाई चार पटक भने तर आज बाटो बन्दैन किन ? काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउँछन् ? सरकारलाई प्रश्न सोध्न चाहन्छु । प्रधानमन्त्रीको भनाई छ रामराज्य आइसक्यो । ? यही हो राम राज्य ? '

Ncell
Extreme Energy

पूर्वमन्त्री बाँस्काेटाले यो भन्दा गतिहीन,नालायक र जवाफदेहिता विहीन सरकार इतिहासमा कहिल्यै नभएकाे  आरोप लगाए ।  उनले सरकारकाे कान  र आँखा  दुवै नभएकाे पनि भने ।  उनले भने, 'कहिले सुन्छ सरकारले ? शून्य समयको के भ्यालु, सुन्या छ कि छैन, सुन्या भए...."

(यसअघि माथिकाे समाचारमा भुलबस अर्काे फाेटाे प्रयाेग भएकाेमा त्यसलाई सच्याइएकाे छ -सम्पादक)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।