नेभिगेशन
सबै कुरा

सातै प्रदेशका मुख्यमन्त्रीसहित बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडाैँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू सहभागी छन्।

Ncell
Extreme Energy

आगामी २० फागुनबाट सकिँदै गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल र आगामी राष्ट्रियसभाको अध्यक्ष टुंगो लगाउने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ । 

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् । जहाँ नेकपा माओावादीले राष्ट्रिय सभामा आफूहरुको बहुमत भएको भन्दै राष्ट्रिय सभामा आफूहरुको पार्टीको अध्यक्ष हुनुपर्नेमा अडान लिएको छ । जसले गठबन्धनभित्रै विवाद बढाएको छ । 

त्यस्तै आजको बैठकमा संघीयता कार्यान्वयनका विषयमा समेत छलफल गर्नका लागि मुख्यमन्त्रीहरुलाई बोलाइएको बताइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

मन्त्रिपरिषद्का यी हुन् ७ निर्णय

सरकारले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

भोटेकोशी बाढीः पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने

यसैगरी ६९ किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा...
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः सोविता गौतम

राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा आफ्ना धारणा राख्दै उनले भदौ २३ गते जेनजी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्य बाहिर गएर केही नभनेको प्रष्ट पारिन्...