नेभिगेशन
सबै कुरा

सातै प्रदेशका मुख्यमन्त्रीसहित बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडाैँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक जारी छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरू सहभागी छन्।

Global Ime Bank

आगामी २० फागुनबाट सकिँदै गरेको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल र आगामी राष्ट्रियसभाको अध्यक्ष टुंगो लगाउने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ । 

राष्ट्रियसभाको अध्यक्षमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् । जहाँ नेकपा माओावादीले राष्ट्रिय सभामा आफूहरुको बहुमत भएको भन्दै राष्ट्रिय सभामा आफूहरुको पार्टीको अध्यक्ष हुनुपर्नेमा अडान लिएको छ । जसले गठबन्धनभित्रै विवाद बढाएको छ । 

त्यस्तै आजको बैठकमा संघीयता कार्यान्वयनका विषयमा समेत छलफल गर्नका लागि मुख्यमन्त्रीहरुलाई बोलाइएको बताइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ  धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः  नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

सिनामङ्गलको हवाई डिपो स्थानान्तरणः नागरिक उड्डयन प्राधिकरणकै कारण ढिलाइ

निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार यादवले आज पत्रकारसम्मेलनमार्फत प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), ‘साइट क्लिरेन्स’ र प्रस्तावित डिपो क्षेत्रमा रहेका संरचना नहटाउँदा डिपो स्थानान्तरणको काम अघि...
रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका एस.ई.ई उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति घोषणा, असार २८ सम्म आवेदन दिन सक्ने

कार्यक्रम अन्तर्गत कुल १५ जना उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। जसअनुसार पहिलो स्थान प्राप्त गर्ने विद्यार्थीलाई मासिक रु. ५,०००, दोस्रो स्थानलाई रु. ३,५००, तेस्रो स्थानलाई रु. २,५००, र...