नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते अनुसन्धान गर्न गृह मन्त्रालयको टोली वीरगंजमा

वीरगंज । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्यीय टोली वीरगञ्ज पठाएको छ । नागरिकता प्रकरणमा छानबिन गर्न दुई जनाको टोली वीरगंज पुगेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरुको संलग्नता भेटिएपछि थप अनुसन्धानका लागी गृहमन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा दुइ सदस्यीय टोली वीरगंज पठाएको हो । शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलिले महानगरका मेयर राजेशमान सिंहले किर्ते गरी नागरिकता बनाउँदा संलग्न कर्मचारी तथा सिफारिसकर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने कर्मचारीबारे अनुसन्धान गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ । 

Extreme Energy

जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक छानबिनको क्रममा संलग्नता देखिएका कर्मचारीलाई जिम्मेवारी मुक्त गरी स्पष्टीकरण समेत माग गरिसकेको छ । बि.स.२०७९  मङ्सिरमा मेयर राजेशमान सिंह बाबु बनेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाउँदा सिफारिस गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार बिदामा थिए भने तत्कालिन निमित्त वडा अध्यक्ष बनेका वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडाले उक्त नागरिकतासम्बन्धी सिफारिसको विवरण वडामा नभएको दाबी गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयले पनि १३ महिना अघिसम्म फाइल भएको तर अहिले नभेटिएको बताउँदै आएको छ । 

राजेशमान सिंहले आफू  बाबु भएको विवरण बुझाएपछि प्रशासनका तत्कालिन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता जारी गरेका थिए । केही महिनापछि रुबिनाले प्रतिलिपी समेत निकालेकी थिइन् । प्रशासकीय अधिकृत विनय श्रीवास्तवले प्रतिलिपि जारी गरेका थिए । त्यति बेला पर्साका प्रमुख जिल्ला अधिकारी संघीय मामिला मन्त्रालयमा रहेका सहसचिव उमेश ढकाल रहेका थिए । सोहि समयदेखिदेखि नागरिकतासँग सम्बन्धित कागजातहरु गायब भएको देखिएको प्रशासनका कर्मचारीहरु नै बताउँछन् । 

यता नागरिकताको छानबिनमा प्रशासनले तादरुकता नदेखाएको भन्दै नागरिकताको छानबिनको माग गर्दै सचेत नागरिक समाज पर्साले निरन्तर प्रदर्शन, आन्दोलन तथा धर्नाका कार्यक्रमहरु गर्दै आएको छ । 

वीरगंजका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्तेगरी नागरिकता बनाईदिएको सिधाकुराले खुलासा गरेपछि कारबाहीको माग गर्दै विभिन्न ७ निकायमा उजुरी परेको छ ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै