नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते अनुसन्धान गर्न गृह मन्त्रालयको टोली वीरगंजमा

वीरगंज । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्यीय टोली वीरगञ्ज पठाएको छ । नागरिकता प्रकरणमा छानबिन गर्न दुई जनाको टोली वीरगंज पुगेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरुको संलग्नता भेटिएपछि थप अनुसन्धानका लागी गृहमन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा दुइ सदस्यीय टोली वीरगंज पठाएको हो । शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलिले महानगरका मेयर राजेशमान सिंहले किर्ते गरी नागरिकता बनाउँदा संलग्न कर्मचारी तथा सिफारिसकर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने कर्मचारीबारे अनुसन्धान गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ । 

Ncell
Extreme Energy

जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक छानबिनको क्रममा संलग्नता देखिएका कर्मचारीलाई जिम्मेवारी मुक्त गरी स्पष्टीकरण समेत माग गरिसकेको छ । बि.स.२०७९  मङ्सिरमा मेयर राजेशमान सिंह बाबु बनेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाउँदा सिफारिस गर्ने वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार बिदामा थिए भने तत्कालिन निमित्त वडा अध्यक्ष बनेका वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए । वडाले उक्त नागरिकतासम्बन्धी सिफारिसको विवरण वडामा नभएको दाबी गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयले पनि १३ महिना अघिसम्म फाइल भएको तर अहिले नभेटिएको बताउँदै आएको छ । 

राजेशमान सिंहले आफू  बाबु भएको विवरण बुझाएपछि प्रशासनका तत्कालिन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता जारी गरेका थिए । केही महिनापछि रुबिनाले प्रतिलिपी समेत निकालेकी थिइन् । प्रशासकीय अधिकृत विनय श्रीवास्तवले प्रतिलिपि जारी गरेका थिए । त्यति बेला पर्साका प्रमुख जिल्ला अधिकारी संघीय मामिला मन्त्रालयमा रहेका सहसचिव उमेश ढकाल रहेका थिए । सोहि समयदेखिदेखि नागरिकतासँग सम्बन्धित कागजातहरु गायब भएको देखिएको प्रशासनका कर्मचारीहरु नै बताउँछन् । 

यता नागरिकताको छानबिनमा प्रशासनले तादरुकता नदेखाएको भन्दै नागरिकताको छानबिनको माग गर्दै सचेत नागरिक समाज पर्साले निरन्तर प्रदर्शन, आन्दोलन तथा धर्नाका कार्यक्रमहरु गर्दै आएको छ । 

वीरगंजका मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्तेगरी नागरिकता बनाईदिएको सिधाकुराले खुलासा गरेपछि कारबाहीको माग गर्दै विभिन्न ७ निकायमा उजुरी परेको छ ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

जेनजी सहिदकी आमा सांसद रचना खतिवडाको प्रश्न– सहिदले न्याय पाउन कति वर्ष लाग्छ सरकार ?

उनले प्रश्न गरिन्– ‘सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार?’
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् ।
उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

उद्धार, राहत र पुनःस्थापनामा सरकार निरन्तर लागिरहेको छ : प्रमुख सचेतक बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुनःस्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रुपमा लागिरहेको बताए ।

भर्खरै