नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : सिफारिस दिने वडा कार्यालयमा गृहकाे टोलीद्वारा डेढ घण्टा सोधपुछ

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकताबारे अनुसन्धान गर्न वीरगंज पुगेको टोलीले वडा नं. ३ को कार्यालयमा सोधपुछ गरेको छ । टोलीले वडा कार्यालयले छोरी बनाएर गरेको सिफारिस पत्र, रजिष्टरको रेकर्ड लगायतको अनुसूची विवरण हेरेको हो । सिफारिसमा संलग्नहरुको जवाफ चित्तबुझ्दाे नपाएपछि गृहको टोलीले लिखित बयान नै लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई छोरी बनाएर नागरिकता दिलाएका थिए । जसको खुलासा सिधाकुराले गरेको थियो । सोही प्रकरणमा छनबिन गरी कारबाही गर्न माग गर्दै ७ ओटा निकायमा उजुरी परेका छन् । मेयरको नागरिकता किर्तेबारे संघीय संदनमा समेत प्रश्न उठ्न थालेको । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता किर्तेबारे प्रश्न गरेका थिए । सडक र सदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले विस्तृत छानबिनका लागि समिति गठन गरि वीरगंज पठाएको हो ।  

Extreme Energy

गृह मन्त्रालयक उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले वीरगंज महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय छपकैयामा पुगेर वडाबाट गरिएका सिफारिस, त्यसका अधार तथा प्रमाणबारे बुझेको छ । नागरिकताको सिफारिस लिएको २०७५ साउनको पहिलो साता र प्रतिलिपि लिएको २०७६ फागुन पहिलो साताको समयमा वडाअध्यक्ष रहेका बैजुलाल स्वर्णकार र वडा सचिव समिन देवान अहिलेपनि सोही पदमै छन् । तर सिफारिस गर्ने र प्रतिलिपि लिइएको समयमा वडा अध्यक्ष बैजुलाल स्वर्णका वडा कार्यालयमा उपस्थित थिएनन् । त्यसबेला वडा सदस्य तुफैल अख्तर ठकुराइ कार्यबाहक वडा अध्यक्ष थिए । वडा सचिव सचिव समिन देवानको लिखतमा कार्यबाहक वडा अध्यक्ष ठकुराइले राजेशमानलाई बाबु बनाएर रुबिना श्रेष्ठको जन्मदर्ताको प्रमाणपत्र का साथै नागरिकताका लागि सिफारिस तथा अन्य कागजात बनाईदिएका थिए । उपसचिव रानाका टोलीले सोहि कागजात वडा कार्यालयमा डेढ घण्टा सोधपुछ गरेका थिए । 

सिफारिस पत्र, प्रमाणहरु, रजिष्टर लगायतको विवरण गायब पारेका वडा अध्यक्ष बैजुलाल स्वर्णकार, तत्कालिन वडा सदस्य तुफैल अख्तर ठकुराईसँगको सोधपुछका क्रममा  चित्तबुझ्दाे जवाफ नपाएपछि छानबिन टोलिले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएर भिडियो तथा लिखित बयान लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरुमा सिफारिस गर्ने र प्रतिलिपिका अर्को सिफरिस गर्ने वडा अध्यक्ष बैजुलाल स्वर्णकार र वडा सदस्य तुफैल अख्तरसँग बयान लिएपनि सबै घटनामा साक्षी वडा सचिव समिन देवानसँग भने बयान नलिइएको प्रशासन स्रोतले बतायो 

जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक छानबिनको क्रममा संलग्नता देखिएका कर्मचारीलाई जिम्मेवारी मुक्त गरी स्पष्टीकरण माग गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले १३ महिना अघिसम्म फाइल भएको तर तत्कालिन प्रमुख जिल्ला अधिकारी उमेश ढकालको पालादेखी अनुसुची लगायतको विवरण गायब भएको बताउँदै आएको छ ।

 मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै