नेभिगेशन
समाज

इजरायलमा नयाँ संसदले काम थाल्दै, दबाबमा नेतन्याहु

इजरायल । इजरायलमा नवनिर्वाचित संसदको कार्यकाल आजबाट सुरु हुँदैछ । १२० सदस्यी संसदको पहिलो काम नयाँ सरकार बनाउनु हुनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति आइज्याक हर्जोगले पूर्वसैनिक प्रमुख गदी आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । तर उनी र कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कसैसँग पनि बहुमत नभएकाले सरकार गठन सहज देखिएको छैन । नयाँ सरकार नबनेसम्म नेतान्याहु कार्यवाहक प्रधानमन्त्री रहनेछन्नु।

Marvel
Extreme Energy

नयाँ संसद् गठनसँगै नेतन्याहुमाथि राजनीतिक दबाब बढ्ने देखिएको छ । संसदमा उनको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कानुन खारेजी र संसदी नेतृत्व परिवर्तनका विषयमा चुनौती थपिन सक्छ ।

नेतन्याहुको दलको सिट सङ्ख्या अघिल्लो संसद्को ६८ बाट घटेर ५३ मा झरेको छ । विपक्षीको मुख्य समूहसँग ४८ र सरकारको विरोध गर्ने अरब दलका १९ सांसद छन् । विपक्षीको प्रमुख माग सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको घातक आक्रमणबारे स्वतन्त्र राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नु हो । नेतन्याहुले आफ्नो गल्ती अस्वीकार गर्दै आएका छन् भने उनको सरकारले स्वतन्त्र आयोगको सट्टा राजनीतिक नियुक्तिबाट छानबिन गराउने पक्ष लिएको छ ।

नयाँ संसद्ले सर्वोच्च अदालतको अधिकार सीमित गर्ने र महान्यायाधिवक्तालाई हटाउन सहज बनाउने विवादास्पद न्यायिक सुधारसम्बन्धी कानून खारेज गर्ने प्रयास पनि गर्न सक्छ । ती कानूनले लोकतन्त्र कमजोर बनाउने भन्दै इजरायलमा व्यापक विरोध भएको थियो । अति–रूढिवादी यहुदी समुदायलाई अनिवार्य सैनिक सेवाबाट छुट दिने व्यवस्था पनि विपक्षीको निशानामा पर्न सक्छ ।

संसद्को पहिलो प्रतिस्पर्धा सभामुख चयनमा हुने देखिएको छ । नेतन्याहुको लिकुड पार्टीका अमिर ओहाना हाल सभामुख छन्।  आइसेनकोट नेतृत्वको विपक्षी समूहका तीन दलले उद्घाटन सत्रमै नयाँ सभामुख चयन गर्न माग गरेका छन् । विपक्षी नेता नाफ्ताली बेनेटले संसद्को नियन्त्रण सकेसम्म चाँडो आफ्नो पक्षमा ल्याउने प्रतिबद्धता जनाएका छन्उ । विश्लेषक असफ शापिराका अनुसार नयाँ कानून पारित गर्न समय लागे पनि अघिल्लो सरकारका केही निर्णय खारेज गर्ने प्रक्रिया छिटो अघि बढ्न सक्छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation