नेभिगेशन
नेताका कुरा
अर्थमन्त्री वाग्ले टाइमको १०० प्रभावशाली सूचीमा

रास्वपाले अर्थमन्त्री डा. वाग्लेलाई दियो बधाई

यो उपलब्धि डा. वाग्लेको प्रयासको सम्मान मात्र नभई जलवायु सङ्कटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण पनि हो- महामन्त्री आचार्य

काठमाडौँ । पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व सूचीमा समेटिएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई बधाई  दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा महामन्त्री विपिन आचार्यले आज विज्ञप्ति जारी गरी विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र राजनीतिककर्मीको रुपमा डा. वाग्लेले रसुवा÷भोटेकोशी बाढीपश्चात् जलवायु न्यायका लागि विश्व मञ्चहरुमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि पहल र स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि सदैव उल्लेखनीय रहेको बताएका हुन् । 

Marvel
Extreme Energy

विज्ञप्तिमा महामन्त्री आचार्यले लेखेका छन्–‘सूचीमा डा वाग्लेको नाम समेटिनु रसुवा भोटेकोशी विपद्पश्चात डा. वाग्लेको नेतृत्वमा द्रुत गतिमा भएको विपद्पश्चातको आवश्यकता आँकलन, कार्बन उत्सर्जनमा भूमिका नरहेका देशहरूले भविष्यमा भोग्नुपर्ने विपद्को र त्यसमा विश्वसमुदायको दायित्वको सन्दर्भमा तथ्यमा आधारित वकालत, नेपाललाई संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी नोक्सानी तथा क्षति कोषबाट रकम विनियोजित हुने पहिलो देश बनाउने गरी भएको पहल, विपद्पश्चात तत्काल सहयोग तथा सहायता आवश्यकता रहेका नागरिकको लागि अर्बौं आर्थिक सहायता परिचालन गर्न सफल रहनु लगायत योगदानलाई विश्व समुदायले समेत जानकारीमा राखेको उदाहरण हो।’

त्यस्तै महामन्त्री आचार्यले यो उपलब्धि डा. वाग्लेको प्रयासको सम्मान मात्र नभई जलवायु सङ्कटले प्रत्यक्ष असर पारिरहेका नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षण पनि हो भनेका छन्। जलवायु परिवर्तनको असर भोग्ने समुदायका लागि पर्याप्त वित्त, अनुकूलन सहयोग र न्यायोचित सम्बोधन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यवहारमा उतार्न आवश्यक रहेको रास्वपाको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस उपलब्धिलाई नेपालको जलवायु कूटनीति र न्यायपूर्ण जलवायु कार्यका लागि थप जिम्मेवारी तथा अवसरका रूपमा लिएको उल्लेख गर्दै महामन्त्री आचार्यले जलवायु सङ्कटसम्बन्धी नेपालको आवाज सशक्त रूपमा उठाउन, जलवायु परिवर्तनको कारण जीवन तथा जीविकोपार्जन नै प्रभावित भएका व्यक्ति तथा समुदायहरूलाई न्याय सुनिश्चित गर्न र राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न निरन्तर योगदान पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ ।
प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला