नेभिगेशन
समाज

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भएर पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको उल्लेख गरेका छन्।

Marvel
Extreme Energy

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उनको सन्देशमा उल्लेख छ।

‘नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा, नवीन सङ्कल्प र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुन्छ। नेपाल संवत्ले हामीलाई विगतको गौरव मात्र स्मरण गराउँदैन, वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा पनि प्रदान गर्छ,’ शुभकामना सन्देशमा भनिएको छ।

उपराष्ट्रपति यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गर्न तथा लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय हितको संरक्षण एवं संवर्द्धनमा सबैलाई थप जिम्मेवार र सक्रिय बन्न नेपाल संवत्ले प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकाङ्क्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गर्ने विश्वास पनि उपराष्ट्रपति यादवले व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल संवतबाट सामाजिक समानता र सुशासनका लागि प्रेरणा मिलोस्- राष्ट्रपति

नेपाल संवतबाट सामाजिक समानता र सुशासनका लागि प्रेरणा मिलोस्- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्ले सामाजिक समानता, सुशासन र समृद्धिको दिशामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।