नेभिगेशन
समाज

देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको लयमा सरकारको स्थायित्वबारे आफ्नो धारणा राखेका हुन्।

Marvel
Extreme Energy

कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा त्यसको जवाफसमेत दिएका छन्। उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाहिँ काम्दैनन्।’

लामिछानेसँगै उनकी पत्नी निकिता लामिछाने र परिवारका अन्य सदस्य पनि देउसी–भैलो कार्यक्रममा सहभागी थिए। सो अवसरमा उनले देश तथा विदेशमा रहेका नेपाली सञ्चारकर्मी, कलाकार र सम्पूर्ण नेपालीलाई तिहार तथा छठ पर्वको शुभकामना दिए।

सञ्चारकर्मी तथा कलाकारसँगको सम्बन्ध स्मरण गर्दै लामिछानेले आफूहरूको यात्रा सँगसँगै सुरु भएको बताए।

‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै सँगै साक्षी छौँ,’ उनले भने।

लामिछानेले देउसी–भैलोमार्फत संसारभरि तिहार तथा छठ पर्व मनाइरहेका नेपालीहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गरे।

कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीलाई आफ्नै निवासमा स्वागत गर्दै देउसी–भैलोमा सहभागी गराएकोमा धन्यवाद दिए।

सद्भाव, आपसी सम्बन्ध र सांस्कृतिक एकताको सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकार र राजनीतिक नेतृत्वबीच आत्मीयता साटासाट गरिएको थियो।

WhatsApp-Image-2026-11-10-at-08.01.47-1794277275.jpeg

WhatsApp-Image-2026-11-10-at-08.01.45-1794277265.jpeg

WhatsApp-Image-2026-11-10-at-07.47.21-1794277265.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हली तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

मंगलबार नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

भर्खरै