नेभिगेशन
समाज

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस दिन आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाएर गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।

Marvel
Extreme Energy

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताए।

बली, हलि र गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ। यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ।

यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हलि तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ। त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

मंगलबार नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

तिहारका पछिल्ला दुई दिन पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा भएको छ।
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।