नेभिगेशन
समाज

नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हली तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

Marvel
Extreme Energy

म्हः पूजाको सांस्कृतिक र आध्यात्मिक महत्त्व उल्लेख गर्दै उनले यसले आत्मशुद्धि, चेतनाको बोध, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको बताएका छन्। नेवार समुदायको यो मौलिक परम्पराले आपसी सद्भाव र जातीय एकतालाई प्रगाढ बनाउने उनको भनाइ छ।

त्यस्तै, गोवर्द्धन पूजा तथा हली तिहारका अवसरमा कृषिकर्मका सहयात्री गोरु र कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने उनले उल्लेख गरेका छन्।

देउसीभैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने भन्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले रिसराग भुलेर सामाजिक एकता र सहिष्णुता बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

मंगलबार नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।
भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षाको सम्भावना

तिहारका पछिल्ला दुई दिन पहाडी र हिमाली भेगका केही स्थानमा वर्षा भएको छ।