नेभिगेशन
समाज

नेपाल संवतबाट सामाजिक समानता र सुशासनका लागि प्रेरणा मिलोस्- राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्ले सामाजिक समानता, सुशासन र समृद्धिको दिशामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त बनाएर नयाँ युगको सुरुवात गरेको ऐतिहासिक योगदानको स्मरण गरेका छन्।

Marvel
Extreme Energy

लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक घटनाको सम्झनामा नेपाल संवत् प्रचलनमा आएको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन्।

नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै उनले यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउँदै आएको बताएका छन्।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शङ्खधर साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन्।

उनले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर तथा प्रतिबद्ध रहन नेपाल संवत्को नयाँ वर्षले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाओस् भन्ने कामना पनि राष्ट्रपति पौडेलले गरेका छन्। मौलिक संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनमा थप योगदान पुर्‍याउने उनको विश्वास छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको प्रतीक : उपराष्ट्रपति यादव

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको प्रतीक : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।
गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।