नेभिगेशन
समाज

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। पहिलो संस्करणको विजेता जनकपुर र दुई पटकको उपविजेता सुदूरपश्चिमबीचको यो प्रतिस्पर्धा दुवै टोलीका लागि महत्वपूर्ण छ।

Marvel
Extreme Energy

सुदूरपश्चिम आज जित निकाल्दै प्लेअफको सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुनेछ। पाँच खेल खेलेको सुदूरपश्चिमले तीनमा जित र दुईमा हार बेहोरेको छ। ६ अङ्क जोडेको ऊ तालिकाको तेस्रो स्थानमा छ।

यता, जनकपुर पनि जितसहित लयमा फर्कने प्रयासमा हुनेछ। पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ। प्लेअफको दौडमा आफ्नो स्थिति सुधार्न जनकपुरलाई आजको खेल जित्नुपर्ने दबाब छ।

प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन्। एनपिएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हली तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।