नेभिगेशन
समाज

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौं। प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा परिचित सिंहले प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहसमेत अस्वीकार गर्दै उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए। उनको यो निर्णय नेपाली राजनीतिमा त्यागको उच्च उदाहरणका रूपमा स्थापित छ।

Marvel
Extreme Energy

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। खानदानी परिवारमा जन्मिएका उनी १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य बनेर राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भएका थिए।

राणा शासनविरुद्धको गतिविधिमा संलग्न भएपछि उनीलगायत नेताहरूलाई तत्कालीन सरकारले पक्राउ गरी जेलमा राखेको थियो। २००७ सालअघि नै भद्रगोल जेलबाट भाग्न सफल भएका सिंह भारत पुगेपछि बीपी कोइरालासँग राजनीतिक सम्बन्धमा जोडिएका थिए। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको संगठन विस्तार र नेतृत्वमा पनि उनको महत्वपूर्ण भूमिका रह्यो।

२००७ सालको क्रान्तिका अगुवामध्ये एक सिंहले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गरेका थिए। प्रजातन्त्र स्थापनाका लागि निरन्तर संघर्षरत उनी सैद्धान्तिक रूपमा बीपी कोइरालाका निकट अनुयायी र समर्थक थिए। नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन उनले महत्वपूर्ण योगदान पुर्‍याए।

२०१५ सालको पहिलो आमनिर्वाचनपछि गठित सरकारमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि पक्राउ परे। उनले त्यसपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए। २०२५ सालमा बीपीसँगै जेलमुक्त भएपछि उनी भारत निर्वासनमा गएर राजनीतिक संगठन विस्तारमा सक्रिय भए।

२०३३ साल पुस १६ गते बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंहलाई विमानस्थलबाटै पक्राउ गरी पुनः सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहँदा उनीमाथि बीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दा लगाइएको थियो। ती मुद्दामा विशेष अदालतबाट दुवैले सफाइ पाएका थिए।

सिंहले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे।

२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलन गर्ने क्रममा उनले कम्युनिस्ट पार्टीहरूसँग सहकार्यको पहल गरेका थिए। उनको नेतृत्वमा वामपन्थी दल र नेपाली कांग्रेसबीच भएको सहकार्यले आन्दोलनलाई व्यापक बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। उनी उक्त आन्दोलनका सर्वोच्च कमाण्डर बनेका थिए।

सिंहलाई दोस्रोपटक थुनिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बीपी संग्रहालयमा रूपान्तरण गरिएको थियो। संग्रहालयमा बीपी, गणेशमानलगायत बन्दी बनाइएका नेताहरूका सालिकसहितका संरचना निर्माण गरिएका छन्।

गणेशमान जयन्तीका अवसरमा आज नेपाली कांग्रेसका दुवै समूह, भ्रातृ तथा शुभेच्छुक संस्था र गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगायतले विभिन्न कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

देउसीको भाकामा रविको वाचा : ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी–भैलोको भाकामै वर्तमान सरकार पाँच वर्ष टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

नेपाल संवत् र म्हः पूजाले सामाजिक एकता बलियो बनाउने प्रधानमन्त्री बालेनको विश्वास

प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्द्धन पूजा तथा हली तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्।