नेभिगेशन
समाज

देशैभर नेपाल सम्बत् ११४७ को उत्सव (तस्बिरहरू)

काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवतका अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन्।

Marvel
Extreme Energy

काठमाडौंको वसन्तपुरबाट विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित र्‍याली निकालिएको छ । र्‍यालीमा नेवार समुदायका विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहेको छ।

नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ।

नेपाल संवत् नेपालको मौलिक संवत् हो। यसले नेपालको इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दै आएको छ। यस अवसरमा नेवार समुदायले म्हः पूजा गरी आफ्नो शरीर तथा आत्माको पूजा गर्दै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने परम्परा छ।

Nepal-Sambad-Rally--3323-1794292997.jpg

Nepal-Sambad-Rally--3324-1794292997.jpg

Nepal-Sambad-Rally--3320-1794292995.jpg

Nepal-Sambad-Rally--3321-1794292996.jpg

Nepal-Sambad-Rally--3318-1794292994.jpg

Nepal-Sambad-Rally--3319-1794292994.jpg

Nepal-Sambad-Rally--3316-1794292992.jpg

Nepal-Sambad-Rally--3315-1794292990.jpg

Nepal-Sambad-Rally--3314-1794292989.jpg

Nepal-Sambad-Rally--3313-1794292987.jpg

Nepal-Sambad-Rally--3309-1794292987.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको प्रतीक : उपराष्ट्रपति यादव

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको प्रतीक : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन्।
नेपाल संवतबाट सामाजिक समानता र सुशासनका लागि प्रेरणा मिलोस्- राष्ट्रपति

नेपाल संवतबाट सामाजिक समानता र सुशासनका लागि प्रेरणा मिलोस्- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्ले सामाजिक समानता, सुशासन र समृद्धिको दिशामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।