नेभिगेशन
समाज

अपडेट– मकवानपुर सुमो दुर्घटनामा ३ जनाको मृत्यु, ७ घाइते

हेटौँडा–भैँसे सडकखण्डमा अनियन्त्रित भएर १० मिटर तल खोलामा खस्यो सुमो

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो बिहीबार बिहान ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

Marvel
Extreme Energy

प्रहरीका अनुसार सुमो सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो। दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए।

प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। अस्पताल पुर्‍याइएका घाइतेमध्ये तीन जनालाई चिकित्सकले बिहान ९ः२० बजे मृत घोषणा गरेका हुन्।

अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचानबारे थप विवरण आउन बाँकी छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा गएराति मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग सम्झौता हुने

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलाे चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग सम्झौता हुने

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ।
कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने– एमालेको राष्ट्रिय भेला हाटबजार होइन

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने– एमालेको राष्ट्रिय भेला हाटबजार होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा बस्न निर्देशन दिएका छन्।
आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच शक्ति सङ्घर्ष हुन्छ : रामबहादुर थापा

आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीच शक्ति सङ्घर्ष हुन्छ : रामबहादुर थापा

एमाले उपाध्यक्ष थापाले भने– फागुनको पुनरावृत्ति हुन्छ कि क्रमभङ्ग, मुख्य प्रश्न यही हो; आगामी निर्वाचनमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने पपुलिस्टहरूको रणनीति रहेको आरोप

भर्खरै