नेभिगेशन
सबै कुरा

पञ्चालाई कारबाही माग गर्दै प्रधाानमन्त्रीको दैलोमा नन्दबहादुर, सोध्न चाहन्छन्, ‘मेरो छोराको आत्मालाई कहिले न्याय मिल्छ ?’

काठमाडौँ । कालिकोटका ५९ वर्षीय नन्दबहादुर मल्ल । १५ वर्षअघि मारिएका छोराको लागि न्याय खोज्दै काठमाडौँ आएको ८ दिन भयो । गत बिहिबार उनी देशको सबै भन्दा ठूलो मान्छे (प्रधानमन्त्री) लाई भेटेर पीडा पोख्छु भन्दै एक्लै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आए । प्रधानमन्त्री निवासको अग्लो पर्खालले घेरिएको बालुवाटार चोकमा उनी अल्मलिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरी–घरी सेतो पर्खालसँगै जोडिएको ३ नम्बर गेट पुग्थे त घरी १ नम्बर गेट । बाक्लो संख्यामा रहेका सुरक्षाकर्मीसँग सोध्न पनि सकिरहेका थिएनन् प्रधानमन्त्रीको घरसम्म कसरी पुग्ने ? बेला बेला खल्तीबाट मोबाइल झिकेर कसैलाई फोन लगाउँदै थिए, शायद फोनमा बोल्नेले भित्र भनिदिन्छु भनेका थिए । 

Ncell
Extreme Energy


भाई छोराहरुलाई प्रधानमन्त्री भेट्न लैजाउ भने पनि उनीहरुको समय नमिलेपछि बिहिबार उनी आफैँ खोज्दै आएका थिए । तर, भित्र प्रवेश गर्ने चाँजोपाँजो नमिलेपछि नन्दबहादुर निराश देखिए । सेतो पर्खाल भित्र छिरेर नन्दलालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ३ वटा प्रश्न सोध्न खोजिरहेका छन् । मेरो छोराको हत्यारालाई कारबाही कहिले हुन्छ ? के मैले न्याय पाउँछु  ? छोराको हत्यापछि दिनदिनै रोगले च्यापेर छटपटाइ रहेकी मेरी वयोबृद्ध श्रीमतीलाई न्याय पाएको खबर सुनाउन पाउँछु ? 

नन्दबहादुर १५ वर्षअघि सुखर्तेमा पढ्दै गर्दा माओवादी नेता कार्यकर्ताबाट हत्या भएका कालिकोट खाँडाचौर ८ का राजबहादुर मल्लका बाबु हुन् । पढाईमा अब्बल राजबहादुरलाई पढाउन काठमाडौँ ल्याउने भने पनि सुर्खेतका शिक्षकहरुले राम्रो विद्यार्थीले जहाँ पढे पनि राम्रो हुन्छ भन्दै सुर्खेतमै भर्ना गराएका थिए । 


सुर्खेत बस्दा राजले स्थानीय ऐन बहादुर शाहीको गणेश होटलमा खाना खान्थे । २०६५ फागुन २६ गते साँझ ८ बजे राज होटलमा खाना खाएर निस्कीदै गर्दा होटल बाहिर मओवादीका पूर्वलडाकु समेत रहेका टाइगर भनिने पदमबहादुर रावतको टोलीले उनको छातीमा खुकुरी रोपेका थिए । प्रत्यक्षदर्शी होटल सञ्चालक शाहीका अनुसार बाटो ढुकेर बसेको सो समूहले राजलाई  होटलबाट निस्कीनासाथ खुकुर प्रहार गरे । होटल सञ्चालक शाहीकी छोरीले मामालाई मार्यो भनेपछि उनीहरु त्यहाँबाट भागेका थिए । घाइते राजलाई अस्पताल लैजाँदै गर्दा उनको प्राण पखेरो उँड्यो । 

घटना भए लगत्तै आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले अनुसन्धान गर्ने भनेपनि कसैलाई पक्राउ गरेको थिएन । आफन्तहरु राजको काजक्रियामा लागे । काजक्रिया सकेर घर पुगेपछि सुर्खेतबाट छोरोका कोठाको झोलाहरु घरमा पुगे । झोला खोल्दा नन्दबहादुरले केही कागजपत्र भेटाए । उक्त पत्रमा राजले विभिन्न व्यक्तीको नाम किटेर आफ्नो ज्यान जोखिममा रहेको लेखेका थिए । त्यसको केहि दिनपछि उनको हत्या भएको थियो ।

हत्या भएको छोराको झोलामा भेटिएको पत्र बोकेर १५ वर्ष अघि सुर्खेत प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका मल्लले अहिलेसम्म प्रहरी कार्यालयबाट न्याय पाएनन् । किनकी मल्लले जाहेरीमा लेखेका अभियुक्त सामान्य मानिस थिएनन् । उनीहरु हालका सत्तारुढ नेकपा माओवादीका नेता कार्यकर्ता र पूर्वलडाकु समेत थिए । 

छोरा राजबहादुरको झोला खोल्दा बुबा नन्दबहादुरले इन्सेकका लागि लेखिएको एउटा निवेदन भेट्टाए । पत्रमा कालिकोटको मण्हावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह, टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीबाट आफ्नो ज्यान असुरक्षीत रहेकाले सुरक्षाको लागि अपिल गरिएको थियो ।  

त्यही पत्र बोकेर उनी सुर्खेत प्रहरी कार्यालय पुगे । जाहेरी पत्र बुझ्दै अनुसन्धानपछि खबर गर्छौँ भनेका प्रहरीले १५ वर्ष बितिसक्दा पनि खबर गरेनन् । त्यसपछिका केही समय प्रहरी कार्यालय धाइरहेका मल्ल न्यायको आश मरेपछि प्रहरी कार्यालय जानै छोडे । नन्दबहादुर त प्रहरी कार्यालय गएनन् तर उनको छोराको हत्या गर्नेहरुको राजनीतिक कद भने बढ्दै गयो । 

मुख्य आरोपी टाइगर भनिने पदमबहादुर रावत भारतमा घरजम गरेर बसेका छन् । अर्की पञ्चा सिंह सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष छिन् । उनलाई माओवादीले राष्ट्रिय सभाको उम्मेदवार समेत बनाउन खोजेको थियो । अर्का आरोपी शुभाष भनिने वीरबहादुर मल्ल गाउँमै छन्, उनी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार थिए । 

गत माघ ५ गते जिल्ला अदालत सुर्खेतले १५ वर्ष अघिको हत्या आरोपमा जाहेरी परेकाविरुद्ध पक्राउ पुर्जी जारी गरेको कुरा नन्दबहादुरको कानमा प¥यो । १२ वर्षमा खोलो फर्किन्छ भने झै १५ वर्ष पछि छोराको हत्याराविरुद्ध पका्रउ पुर्जी जारी भएपछि उनलाई न्यायको आश पलायो । प्रहरीले चासो देखाएछकी भन्ने लागेको थियो तर प्रधानमन्त्री, गृहमन्त्री र अभियुक्त पनि माओवादीकै भएपछि न्याय पाउने आशा उनलाई फेरि बिरानो बन्यो । पक्राउ पुर्जी त जारी भयो तर प्रहरीले फेरि पनि बोली फेरेको छ । 

माघ ५ गते माओवादी नेतृ पञ्चा सिंहसहितका अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ पुर्जी जारी गरीपाउँ भन्दै सुर्खेत जिल्ला अदालत पुगेको प्रहरीले सोही दिन पक्राउ अनुमती पाएपछि भने हच्किएको छ । 

पक्राउ पुर्जी जारी भएपछि पनि नेतृ सिंह औपचारीक कार्याक्रममा मात्रै होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नियमित भेटघाटमा छिन् । 

जसको प्रभाव सुर्खेत प्रहरीमा परेको छ । पक्राउ पुर्जी जारी भएको ३ सातासम्म पनि सिंहलाई किन पक्राउ नगरिएको भन्ने सिधाकुराको प्रश्नमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले हास्यास्पद तर्क गरे ।

उनले घटनाका मुख्य अभियुक्त भारतमा भएकाले पञ्चा सिंहलाई पक्राउ गर्न नमिल्ने दाबी गरे । उनी यत्तिमै रोकिएनन यो मुद्दा राजनीतिक मुद्दा हो समेत भन्न भ्याए । 

प्रहरीको यस्तो जवाफलाई कानुनका ज्ञाताहरु खण्डन् गर्छन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार मुख्य अभियुक्त नभेटिएको खण्डमा पनि अन्य अभियुक्तलाई पक्राउ गरी दोषी देखिएको खण्डमा कारबाही गर्न सकिन्छ । ‘मुख्य अभियुक्त पक्राउ नगरी अरुलाई कारवाही नगर्ने हो भने नेपालमा हजारौँ मुद्दामा कारबाही नै अघि बढ्दैन, यो कार्यकर्ता जोगाउने बहाना मात्रै हो । अभियुक्तदेखि गृहमन्त्री, प्रधानमन्त्री नै एउटै पार्टीका भएपछि प्रहरीले आफ्नो पद जोगाउन पक्राउ नगरेको हो,’ न्यौपानेले थपे, ‘पञ्चालाई पक्राउ गरि अनुसन्धान गर्न कानुनले छेक्दैन, राजनीतिक शक्तिले रोक्न सक्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...