नेभिगेशन
समाज

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौँ। क्रिप्टोकरेन्सी कारोबार गर्ने अनलाइन प्लेटफर्म बाइनान्समा रहेको खातामार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २८ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१ रुपैयाँ ५३ पैसा कायम गर्दा उक्त कारोबारको कुल मूल्य २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ हुने जनाएको छ।

Extreme Energy

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न वित्तीय माध्यम र अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी गर्ने तथा गराउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

कार्यालयबाट खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान गर्दा यादवको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर र दफा २६२९क०९१० अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ।

काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी यादवमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यादव धनुषाको सबैला नगरपालिका–१२ का स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् ।

भर्खरै