नेभिगेशन
समाज

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

काठमाडौं । इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिसरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धान अधिकारीलाई स्रोतका रूपमा उल्लेख गरी अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक गरिएका समाचार तथा सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो।

Extreme Energy

प्रहरीका अनुसार नेपाल सरकार वादी र इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धान प्रचलित कानुन, विधि र प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको पनि परिसरले स्पष्ट पारेको छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरे कानुनबमोजिम हुने चेतावनी दिँदै प्रहरीले मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन वा प्रसारण गर्दा त्यसको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित सामग्रीले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...
‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण नेपालमा हुन सक्ने सम्भावित मौसमी जोखिम र प्रतिकार्यको तयारीबारे छलफल गर्न बिहीबार विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको छ।

भर्खरै