नेभिगेशन
समाज

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, सुरक्षित पूर्वाधार निर्माण र पर्वतीय अर्थतन्त्रको विकासका लागि नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बीच व्यावहारिक सहकार्य आवश्यक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो बताएका हुन् ।

Extreme Energy

त्यसक्रममा मन्त्री श्रेष्ठले नेपालमा विपद् उत्थानशीलता अभिवृद्धि र हरित अर्थतन्त्रको विकासका लागि एआईटीसँग पाँच क्षेत्रमा व्यावहारिक साझेदारी अघि बढाउने प्रस्ताव गरेका छन् । 

पहिलो, नेपालका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग मिलेर सुरक्षित पर्वतीय विकाससम्बन्धी संयुक्त अनुसन्धान गर्ने । यसअन्तर्गत विपद्का कारण, जोखिममा रहेका भिरालो जमिन, हिमताल र पूर्वाधारको पहिचान गरी अनुसन्धानका निष्कर्षलाई योजना तथा इन्जिनियरिङ निर्णयमा उपयोग गर्ने उनको प्रस्ताव छ । 

दोस्रो, भूउपग्रह तथा जमिनमा आधारित अनुगमनलाई स्थानीय समुदाय, मोबाइल फोन र जलविद्युत् आयोजनाका नियन्त्रण कक्षसम्म पुग्ने पूर्वसूचना प्रणालीसँग जोड्ने । नेपालका संस्थाले सञ्चालन, मर्मत र स्तरोन्नति गर्न सक्ने किफायती प्रविधि विकासमा एआईटीको सहयोग आवश्यक रहेको उनले बताए । 

तेस्रो, जलविज्ञ, इन्जिनियर, योजनाकार र स्थानीय अधिकारीको क्षमता अभिवृद्धिका लागि संयुक्त अनुसन्धान, व्यावसायिक तालिम र आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने ।  

चौथो, सरकार, समुदाय, निजी क्षेत्र र वित्तीय साझेदारको सहभागितामा कार्यान्वयनका लागि तयार आयोजनाको सूची तयार गर्ने ।  

पाँचौँ, स्वच्छ ऊर्जा, दिगो कृषि, जडीबुटी र जिम्मेवार पर्यटनको विकासमा अनुसन्धान, व्यावहारिक तालिम तथा प्रविधि हस्तान्तरण गर्ने । 

प्रस्तावित सहकार्यलाई परिणाममुखी बनाउन प्रत्येक आयोजनामा नेतृत्व गर्ने निकाय, आवश्यक स्रोत र स्थानीय समुदायले प्राप्त गर्ने लाभ स्पष्ट गर्नुपर्नेमा पनि उनले जोड दिए । 

यसैगरी सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले जलवायु न्यायको सुनिश्चतता गर्दै विपद् पुर्नउत्थान हुनुपर्नेमा जोड दिएका छन् । भोटेकोशी–त्रिशूली कोरिडोरको पुनरुत्थानसँगै व्यापार, पर्यटन र स्वच्छ ऊर्जाको प्रवाह पुनःस्थापित हुने अपेक्षा व्यक्त गरे । तर भौतिक संरचना पुनर्निर्माणसँगै जोखिमको वैज्ञानिक अध्ययन, प्रभावकारी पूर्वसूचना र सुरक्षित जीविकोपार्जन सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो । 

नेपाल र एआईटीबीचको सहकार्यले सुरक्षित तथा हरित पर्वतीय अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन सक्ने उल्लेख गर्दै उहाँले नेपालमा एआईटी केन्द्र स्थापना गर्ने सोचलाई साकार पार्न प्रतिबद्ध रहेको बताए । 

उनले विपद्पछिको पुनर्निर्माणलाई पुरानै संरचना दोहोर्याउने प्रक्रियामा सीमित गर्न नहुने भन्दै जोखिमको वैज्ञानिक मूल्यांकन, सुरक्षित पूर्वाधार, प्रभावकारी पूर्वसूचना प्रणाली र प्रभावित समुदायको जीविकोपार्जन पुनस्र्थापनालाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपालले एउटा विपद्बाट तङग्र्रिन नपाउँदै अर्को विपद्को सामना गर्नुपर्ने चुनौती बढ्दै गएको उल्लेख गर्दै हालैको विपद्को प्रारम्भिक मूल्यांकनअनुसार पुनरुत्थान र पुनर्निर्माणका लागि करिब ४.८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको उहाँले जानकारी दिए । यो रकम भौतिक संरचनाको क्षति मात्र नभई घरबार गुमाएका परिवार, आम्दानी गुमाएका व्यवसाय र भविष्यप्रति अनिश्चित बनेका समुदायको पुनस्र्थापनासँग जोडिएको उनको भनाइ थियो ।

मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली कोरिडोरलाई सुरक्षित पर्वतीय विकासको नमुना बनाउने गरी पुनर्निर्माण गर्नुपर्ने भन्दै सडक, पुल, जलविद्युत् आयोजना, बस्ती र प्रसारण लाइनलाई अलग–अलग संरचनाका रूपमा नभई परस्पर निर्भर प्रणालीका रूपमा हेरेर योजना बनाउनुपर्ने उनको धारणा थियो । उनले सुरक्षित बस्ती, भरपर्दो यातायात, जोखिम प्रतिरोधी जलविद्युत् संरचना, पुनस्र्थापित जीविकोपार्जन र प्रभावकारी पूर्वसूचना प्रणालीलाई पुनरुत्थानका प्रमुख आधारका रहेको बताएका छन् । 

कुनै पुलको सुरक्षा माथिल्लो जलाधारको अवस्था, जलविद्युत् आयोजनाको सुरक्षा आसपासको भौगर्भिक अवस्था र बस्तीको भविष्य सुरक्षित जमिन तथा जीविकोपार्जनका अवसरसँग जोडिने भएकाले समग्र क्षेत्रलाई एकीकृत रूपमा योजनाबद्ध गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि चार प्रमुख पक्षमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै पूर्वसूचना प्रणालीले सूचना प्रवाह गर्ने मात्र नभई नागरिकलाई के गर्ने, कहाँ जाने र सुरक्षित स्थानमा पुग्न कति समय उपलब्ध छ भन्ने स्पष्ट जानकारी दिन सक्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै नदीको बहाव र मौसमको निगरानीसँगै हिमनदी, हिमताल, अस्थिर भिरालो जमिन तथा पहाडी भूभागको समेत निरन्तर अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । जलविद्युत् आयोजना, सडक, पुल तथा प्रसारण लाइनको डिजाइन र निर्माण गर्दा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई समेट्नुपर्नेमा उनले जोड दिए । 

पुनर्निर्माणले भौतिक संरचनासँगै प्रभावित नागरिकको जीविकोपार्जन र आत्मसम्मानसमेत पुनस्र्थापित गर्नुपर्ने उनको भनाइ थियो। बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा प्रभावित समुदायको सहभागिता सुनिश्चित गरी सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसर उपलब्ध गराउनुपर्ने उनले बताए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुजन्य विपद्को असर भने गम्भीर रूपमा भोग्नुपरेको बताए । 

विपद्ले मानवीय क्षति पुर्याउनुका साथै विकासका उपलब्धि नष्ट गर्ने र शिक्षा, स्वास्थ्य तथा रोजगारीमा खर्च गर्नुपर्ने स्रोत पुनर्निर्माणमा लगाउनुपर्ने अवस्था सिर्जना गरेको उनले उल्लेख गरे । नेपालले वन संरक्षण, स्वच्छ जलविद्युत् उत्पादन, विद्युतीय सवारीसाधनको प्रवद्र्धन र शून्य उत्सर्जनको लक्ष्यतर्फ काम गरिरहेको सन्दर्भमा पर्वतीय मुलुकले प्रदान गर्ने सेवाको उचित मूल्याकंन हुनुपर्ने उनको भनाइ थियो ।

उनले जलवायु न्यायअन्तर्गत वन संरक्षण, कार्बन भण्डारण र स्वच्छ ऊर्जाबाट प्राप्त हुने वातावरणीय लाभको उचित कदर, हानि तथा क्षतिको सम्बोधनका लागि पर्याप्त सहयोग र विपद्को सम्पूर्ण चक्रमा संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले प्राकृतिक स्रोत र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्दै पर्वतीय समुदायको आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए ।  स्वच्छ ऊर्जा, दिगो कृषि, जडीबुटी तथा सुगन्धित वनस्पति, वन पैदावार र जिम्मेवार पर्यटनमा नेपालले ठूलो सम्भावना बोकेको उल्लेख गर्दै उनले त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न प्रविधि, वित्त, सीप र बजारमा पहुँच विस्तार गर्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण नेपालमा हुन सक्ने सम्भावित मौसमी जोखिम र प्रतिकार्यको तयारीबारे छलफल गर्न बिहीबार विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको छ।

भर्खरै