नेभिगेशन
समाज

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

काठमाडौं । बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीको नेतृत्वमा समिति गठन गरिएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरासँगको कुराकानीमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दानबहादुर थापाले समिति बनाएको पुष्टि गरे। यद्यपि उनले सुरक्षाको विषय भन्दै त्यसबारे थप खुलाउन चाहेनन्।

Extreme Energy

उनका अनुसार सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा प्रहरीले छुट्टै समिति बनाएर अध्ययन गर्न पाउने कानुनी अधिकार प्रयोग गरेर समिति गठन गरिएको हाे । 

समितिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान सुरु गरेको एक अधिकारीले बताए।

ती अधिकारीका अनुसार एसपी रेग्मी नेतृत्वको टोलीले जिल्ला प्रहरी परिसरको अनुसन्धान टोलीलाई समेत आवश्यक सहजीकरण र मार्गनिर्देशन गरिरहेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क रहेको र अदालतमा बिचौलियामार्फत चलखेल हुने गरेको सूचनाका आधारमा पक्राउ परेका सापकोटामाथि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग उनको सम्पर्क रहेको विवरण भेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ।

सार्वजनिक विवरणअनुसार सापकोटाको सम्पर्कमा प्रधानन्यायाधीश, न्यायाधीशलगायत उच्च पदस्थहरूसँग सम्पर्क रहेको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सापकोटामाथि सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। अहिले भने उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...
‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण नेपालमा हुन सक्ने सम्भावित मौसमी जोखिम र प्रतिकार्यको तयारीबारे छलफल गर्न बिहीबार विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको छ।

भर्खरै