नेभिगेशन
समाज

‘अर्नब’ चक्रवातको प्रभावबारे सतर्क रहन विपद् प्रतिकार्य कमाण्ड पोस्टको निर्देशन

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण नेपालमा हुन सक्ने सम्भावित मौसमी जोखिम र प्रतिकार्यको तयारीबारे छलफल गर्न बिहीबार विपद् प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा सम्भावित वर्षा, बाढी तथा पहिरोको जोखिम र सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले जानकारी गराएका थिए।

Extreme Energy

नेपाल मौसम विज्ञान विभागका प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको हुने भए पनि त्यसको प्रभावले वर्षा, हिमपात र सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी गराएका थिए।

बैठकले जोखिमयुक्त जिल्लाको मौसमी अवस्था र सम्भावित विपद्बारे निरन्तर जानकारी लिन, सर्वसाधारणलाई समयमै सूचित गर्न तथा आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्यस्तै, सम्भावित विपद्को अवस्था आए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै