नेभिगेशन
समाज

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पारेका छन् । 

Marvel
Extreme Energy

“मुद्दाको सुनुवाइको क्रममा विषयवस्तुमा छलफल गर्ने बाहेक उक्त आदेश गर्नुअघि वा पछि सो मुद्दाका पक्ष, पत्रिकामा उल्लिखित व्यक्तिलगायत अन्य कसैसँग मेरो व्यक्तिगत भेटघाट वा फोनलगायतका कुनै पनि सञ्चार माध्यमबाट कुराकानी वा सम्पर्क भएको छैन”, विज्ञप्तिमा भनिएको छ, “न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु ।”

तथ्य, प्रमाण र कानुनका आधारमा इजलासबाट मुद्दाको सुनुवाइ र आदेश भएको समेत विज्ञप्तिमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै