नेभिगेशन
समाज

न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य गरेको छैनः न्यायाधीश हरि फुयाल

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले न्यायपालिकासम्बन्धी सार्वजनिक भएका विवरण र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जारी गरेको वक्तव्यमा उनले स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै नेपालको न्यायिक विचलनसम्बन्धी भइरहेको अनुसन्धानप्रति पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Extreme Energy

पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएको अस्थिरता, असुरक्षा र विसंगतिको गलत फाइदा उठाइएका कार्यहरू राज्यको जानकारीमा आई अनुसन्धान भइरहेको वक्तव्यमा उल्लेख छ ।

आफ्नो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता तथा असुरक्षाभन्दा बाहिरबाट नहेर्न आग्रह गर्दै प्रधानन्यायाधीश फुयालले समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

उनले न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी आफूबाट कुनै कार्य नभएको दाबी गरेका छन् । न्यायिक विचलन ल्याउने कार्य अनुसन्धानको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले यस परिस्थितिमा आफूविरुद्ध भ्रम सिर्जना गरिएको, अर्थसत्य फैलाइएको र चलिरहेको अनुसन्धानलाई प्रभाव पार्ने गरी भएका कार्यप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश फुयालले सम्पूर्ण न्यायाकर्मीलाई न्यायपालिकाप्रतिको विश्वास थप कायम राख्नसमेत हार्दिक अनुरोध गरेका छन् ।

वक्तव्यमा उनले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र संस्थागत प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

हरि–इनम कनेक्सन, बदनाम न्यायालय !

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच बनाउनेमाथि कारबाही हुन्छः प्रहरी

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक...
बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यादवले आफ्नो बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८.५० यूएसडीटी ९ग्क्म्त्० बराबरको कारोबार गरेका थिए। प्रहरीले एक यूएसडीटीको मूल्य १५१...

भर्खरै