नेभिगेशन
समाज

एनभिडियाको सीईओमा फर्किए जेनसन हुआङ, ट्रम्प र मस्कले के भने ?

हुआंगको पुनरागमनले एनभिडियाको मूल्यमा १ ट्रिलियन डलर वृद्धि, नैस्डैक र एसएन्डपीमा पनि चमक

न्युयोर्क । टेक कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। उनलाई कम्पनीको सञ्चालक समिति (बोर्ड) मा पनि फिर्ता गरिएको छ र यो नियुक्ति तत्काल लागू हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनभिडियाको बोर्डले हुआङसँग लामो छलफल गरेपछि सर्वसम्मतिले उनलाई काममा फर्काउने निर्णय गरेको हो। बोर्डका अनुसार हुआंगले आफ्ना कुरा स्पष्ट र इमान्दारीपूर्वक राखेका छन् तथा उनी कम्पनीको नेतृत्व गर्न सक्षम छन्। अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूसँगको परामर्शपछि हुआङको पुनर्बहालीबाट राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने निष्कर्ष निकालिएको थियो।

Marvel
Extreme Energy

बोर्डका अध्यक्ष हार्वे सी. जोन्सले शेयरधनी, कर्मचारी, साझेदार र ग्राहकको हितका लागि हुआङ नै उपयुक्त व्यक्ति भएको बताए। उनले हुआङको अनुपस्थितिमा अन्तरिम सीईओ र मुख्य वित्तीय अधिकारीको जिम्मेवारी सम्हालेकी कोलेट क्रेसप्रति आभार व्यक्त गरे।

एकपछि अर्को गर्दै दुईवटा अफेयरका खबर सार्वजनिक भएपछि हुआंगले १२ नोभेम्बरमा राजीनामा दिएका थिए। पहिलो खबरमा एक कारोबारी महिलासँग उनको सम्बन्ध रहेको उल्लेख थियो, जसमाथि चिनियाँ जासुस भएको आरोप लागेको थियो।

ट्रम्प र एलन मस्कको प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको कम ब्याकलाई 'सही र उचित फैसला' भन्दै स्वागत गरेका छन्। उनले अमेरिकी अर्थतन्त्रको प्रगति र कम्पनीको सफलताका लागि हुआङको नेतृत्व आवश्यक रहेको बताउँदै उनलाई 'देशभक्त र राष्ट्रिय धरोहर' भनेका छन्। त्यस्तै, टेस्लाका प्रमुख एलन मस्कले पनि 'एक्स' मा पोस्ट गर्दै 'गल्ती सच्याइएको' टिप्पणी गरेका छन्।

पहिले अस्वीकार, पछि फिर्ता
गत हप्ता एनभिडियाले हुआङ फर्कने सम्भावनालाई अस्वीकार गरेको थियो। हुआङले पद छोडेपछि कम्पनीमा अनिश्चितता देखिएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा एनभिडियालाई अग्रणी स्थानमा पुर्‍याउन हुआङको महत्वपूर्ण भूमिका छ। धेरै ठूला टेक कम्पनीहरूसँग आपसी विश्वासका आधारमा सम्झौता हुने भएकाले उनी नहुँदा व्यावसायिक सम्झौता र लगानीमा असर पर्ने चिन्ता थियो। त्यसैले मस्क र एपिक गेम्सका सीईओ टिम स्वीनीलगायतले उनलाई फिर्ता ल्याउन माग गरेका थिए। हुआङ स्वयंले पनि कम्पनी र अमेरिकाको हित भए आफू फर्कन तयार रहेको बताएका थिए।

शेयर बजारमा उछाल
हुआङ पुनः नियुक्त भएसँगै एनभीडियाको शेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ। यसबाट कम्पनीको बजार मूल्यमा करिब १ ट्रिलियन डलर (१ लाख करोड डलर) थपिएको छ र कुल मूल्य पुनः ४ ट्रिलियन डलर नजिक पुगेको छ। यसको प्रभावले नैस्डैक (६.५ प्रतिशत) र एसएन्डपी ५०० (४.७५ प्रतिशत) का साथै माइक्रोन टेक्नोलोजी (१९ प्रतिशत) र एएमडी (करिब ७ प्रतिशत) को शेयरमा पनि वृद्धि देखिएको छ। यद्यपि, एनभीडियाको शेयर अझै पनि एक महिनाअघिको तुलनामा करिब २१ प्रतिशत कम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण : थप दुई बन्दरगाहमा नेपालको पहुँच, १९५० को सन्धि पुनरावलोकनको बाटो खुल्यो

प्रधानमन्त्रीको भारत भ्रमण : थप दुई बन्दरगाहमा नेपालको पहुँच, १९५० को सन्धि पुनरावलोकनको बाटो खुल्यो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको...
पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

पुर्ख्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् ।
भोटेकोशी पुनर्निर्माणका लागि नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

भोटेकोशी पुनर्निर्माणका लागि नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

भोटेकोशी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।